२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीबाट सिमा पार गराउन लगिएका १०० जनाभन्दा बढीको उद्धार

५ बैशाख २०७५, बुधबार ०३:०४

वैशाख ५, बैतडी (रासस) | चालू आर्थिक वर्ष २०७४/०७५ को नौ महिनाको अवधिमा नेपाल—भारत सीमानाका झुलाघाटबाट १०० जनाभन्दा बढीको उद्धार गरिएको छ । 

सीमा प्रहरी चौकी, झुलाघाटले दिएको जानकारीअनुसार उद्धार गरिनेमा सबैभन्दा बढी बालक रहेका छन् । गत साउनदेखि चैत महिना मसान्तसम्म ५६ बालक, २५ किशोर, पुरुष नौ, किशोरी छ, बालिका पाँच र पाँच महिला गरी १०६ जनाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका प्रहरी नायब निरीक्षक चक्रदेव पाण्डेयले जानकारी दिनुभयो । उद्धार गरिनेमा १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिका तथा किशोरकिशारी बढी रहेका छन् । 

अधिकांश विद्यालय उमेर समूहका बालबालिका साथीको लहैलहैमा लागेर पनि भागेर जाने गरेका प्रहरीले जनाएको छ । यस्तै, घरको आर्थिक अवस्था कमजोर भएका बालबालिका पनि बिदाको समयमा खर्च जुटाउन भारत जाने गरेको बताइएको छ । १२ वर्षदेखि १९ वर्षसम्मका विद्यार्थी कोही घरपरिवारको स्वीकृति लिएर भारत जाने गरेका छन् भने कोही भागेर भारत जान लागेका प्रहरीले जनाएको छ । 

यस्तै, चालू आवमा उमेर नपुगी बिहे गरेर भागेर भारत जाने जोडीको समेत उद्धार गरिएको जनाइएको छ । प्रदेश नं ७ सुदूरपश्चिमका सातवटा पहाडी जिल्लालगायत जुम्ला, कालीकोट, हुम्लाका नागरिक सिमानाका झुलाघाट हुँदै भारत जाने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै