२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरको फिदिममा तिन दिने चिकित्सकीय सीप प्रयोगशाला तालिम शुरु

६ बैशाख २०७५, बिहीबार १२:०९

जिल्ला अस्पताल पाँचथरमा चिकित्सकीय सीपप्रयोगशाला शुरु

पाँचथर,वैशाख ५

जिल्ला अस्पताल पाँचथरमा मातृ तथा नवजात शिशुको जिवन बचाउनको लागि चाहिने अत्यआवश्यकीय सिपहरु नर्सिङ स्टाफहरुमा निरन्तर रुपमा रहि रहोस भन्ने उदेश्यका साथ वन हर्ट वल्र्ड वाइड को आर्थिक, प्राविधिकतथा उपकरणिय सहयोग तथाजिल्ला स्वास्थ्य कार्यालय पाँचथरको समन्वयमा बिहिबार बाट चिकित्सकीय सीपप्रयोगशाला (Clinical Skill Lab)स्थापना गरिएको छ । 

प्रयोगशालाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर उर्मिलाप्रधान श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा वोल्दै उहाँले यो कार्यक्रम अ न्यन्तै राम्रो भएको हुँदा यस्तो कार्यक्रम जिल्लामा रहेका अन्य बर्थिङ सेन्टरमा लैजानुपर्ने आवश्यकता औल्याउनुभयो ।

अस्पताल विकाश समितीका अध्यक्ष दिपक नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुखजिल्ला अधिकारी प्रकाशअधिकारी,जिल्ला स्वास्थ्यकार्यालका निमित्त प्रमुख डाक्टर भूपाल श्रेष्ठ लगायतले वोल्नुभएको थियो । कार्यक्रम संचालन जिल्ला स्वास्थ्य कार्यालय ,परिवार नियोजनशाखाका स्रोत व्यक्ति  मचिन्द्र बस्नेतले गर्नु भएको थियो ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको आयोजना तथा वन हर्ट वल्र्ड वाइड पाँचथरको आर्थिक तथाप्राविधिक सहयोगमा तीन दिने अन साइट कोचिङ मेन्टरिङकार्यक्रमको पनि आजैबाट शुरु गरिएको छ । 

गुणस्तरीय प्रसुती सेवा सुनिश्चतगर्न तथा जटिलता ब्यवस्थापन गर्नका लागि अन साइट कोचिङ मेन्टरिङ विधी मार्फत जिल्ला अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको वन हर्ट वल्र्ड वाइड पाँचथरका जिल्ला संयोजक निलेश कुमार प्रवानाले जानकारी दिनुभयो ।

 जिल्ला अस्पताल पाँचथरका १४ जनानर्सिङ स्टाफहरुको सहभागिता रहेको छ । थापाथली प्रसुती अस्पताल काठमान्डौँमा लामो समय देखि कार्यरत तथा अनुभवि दक्ष प्रसुतीकर्ता तालिमप ्रशिक्षक मैया मानन्धरको प्रत्यक्ष निगरानीमा जिल्ला स्तरीयक्लिनिकल मेन्टर लक्ष्मीचौधरी र लक्ष्मीजोशीले तीनदिने अन साइट कोचिङ मेन्टरिङ कार्यक्रम गर्नु हुने छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की