२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मन्त्री बिष्टको गाउँमा बल्ल पुग्यो मोटरबाटो, स्थानीयमा खुशियाली

२०७५, ६ बैशाख बिहीबार १३:४५

प्रेम सुनार | वैशाख ६, गुल्मी । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको गाउँ दोहली कोटकटेरीमा बुधवार मोटरबाटो पुगेको छ । 

हालको ईस्मा गाउँपालिका र साविको दोहली गाविसको कोटकटेरी गाउँ मन्त्री विष्टको छिमेकी गाउँ हो । जहाँ मोटरबाटो खन्न सुरु गरेको दश वर्षदेखि उक्त बाटो अलपत्र परेको थियो । एउटै गाउँबाट दुई दुई पटक आलोपालो दुई जना सांसद र मन्त्री समेत भईरहेको गाउँ दोहलीको त्यस गाउँमा मोटरबाटो नपुदा विपक्षीहरुले कुरा काट्दै आई रहेका वेला यसपाली सांसद विष्टको विशेष पहलमा उक्त बाटो सम्पन्न भएको जनाईएको छ ।

मन्त्री बिष्टको गाउँमा मोटरबाटो पुग्दा खुशियाली प्रेम सुनार गुल्मी, बैशाख–६ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको गाउँ दोहली कोटकटेरीमा बुधवार मोटरबाटो पुगेको छ । हालको ईस्मा गाउँपालिका र साविको दोहली गाविसको कोटकटेरी गाउँ मन्त्री विष्टको छिमेकी गाउँ हो । जहाँ मोटरबाटो खन्न सुरु गरेको दश वर्ष देखि उक्त बाटो अलपत्र परेको थियो । 

एउटै गाउँबाट दुई दुई पटक आलोपालो दुई जना सांसद र मन्त्री समेत भई रहेको गाउँ दोहलीको त्यस गाउँमा मोटरबाटो नपुदा विपक्षीहरुले कुरा काट्दै आई रहेका वेला यसपाली सांसद विष्टको विशेष पहलमा उक्त बाटो सम्पन्न भएको जनाईएको छ । २०६४ सालमा तत्कालिन माओवादीबाट साविको क्षेत्र नम्वर ३ बाट सभासदमा निर्वाचित चन्द्रबहादुर थापा ( सागर ) ले सुरु गरेको ढोका मुख खुँग कोटकटेरी मोटरबाटो खन्न सुरु गरेका थिए । उनले खुँग गाउँ सम्म खनेर छाडेको उक्त मोटरवाटो अलपत्र पर्दा कोटकटेरी गाउँका सयौं घरधुरी जनताले साविकको गाविस र हालको वडा कार्यालयको सेवा लिन र त्यहाँका वालवालिका स्कुल जान साढे तिन घण्टाको बाटो हिड्न बाध्य भएका थिए ।

यसपाली भने विजयी हाँसिल गरेको केहि महिना नवित्दै मन्त्री विष्टले उक्त अलपत्र सडक सम्पन्न गर्न कम्मर कसेर लागृपछि त्यस गाउँमा बुधवार देखि मोटरबाटो सुविधा पुगेको छ । मन्त्री विष्टले अहिले पनि हाम्रो समाजमा छोरीले प्रयाप्त शिक्षा पाउन नसकेको भन्दै उनिहरुलाई पढाउनमा अभिभावकहरुलाई जोड गरेका थिए । उपभोक्ता तथा त्यस वडाका निर्वाचित सदस्य भिमकान्त खनालले २०६४ साल पछि आफुहरु गाउँमा मोटरबाटो सुविधा लैजाने सपना पुरा भएकोले हर्षित भएको बताएका थिए । उनले त्यस मोटरबाटो बाट करिव २ सय घर धुरी लाभान्वित हुने जनाए । उनि सहित गाउँवासीले वाजा तालमा नाच गान गरी खुशीयाली मनाएका थिए ।

उद्घाटन समारोहमा त्यस प्रदेशका सांसद खड्ग केसी , पाल्पाका प्रदेश सांसद डाक्टर पुरन वज्रचार्य , गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा, ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण पराजुली लगायतको विशेष आतिथ्यता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु