2026-09-02 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी काँग्रेसको ५० दिने महाअभियानको पहिलो चरण सम्पन्न

प्रेम सुनार/बैशाख ९, गुल्मी । नेपाली काँग्रेस गुल्मीको ५० दिने महाअभियानको पहिलो चरणको कार्यक्रम अन्तर्गत आठौं दिन शनिवार  जिल्लाका विभिन्न स्थानमा भव्यताका साथ कार्यक्रमहरु सपन्न भएका छन । 

बैशाख १ गते देखि सुरु भएको अभियान जिल्लाका ९३ वटै वडामा पार्टीले खटाएका प्रतिनिधिहरु पुगेर कार्यतालिका अनुसार प्रतिनिधिहरुले कार्यक्रमहरु गरेका छन । आज धेरै जसो वडामा प्रतिनिधिहरुले क्रियाशिलता सदस्य परिचय पत्र वितरण गरेका छन । 

त्यस्तै सदरमुकाम स्थित रेसुङ्गा नगरपालिकाका विभिन्न वडामा पनि क्रियाशिलता सदस्य परिचय पत्र वितरण गरिएको थियो । रेसुङ्गा नगरपालिकाको वडा नं। १ को कार्यक्रम आज वी।पी। स्मृति भवन गुल्मीमा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ, विशेष अतिथि नेपाली काँग्रेस गुल्मी का सचिव खिलध्वज पन्थी, शालिक पन्थी, नेपाली काँग्रेस गुल्मीका उपसभापति विष्णुप्रसाद वलाल र वडा नं १ का जिल्ला प्रतिनिधि हरिकुमार श्रेष्ठको विशेष आतिथ्यता, सभापति केशव पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव जिवलाल पन्थीले गर्नुभएको थियो । 

कार्यक्रममा ५० दिने महाअभियानको बारेमा जिल्ला प्रतिनिधि श्रेष्ठले प्रकाश पार्नु भएको थियो । त्यस्तै रेसुङ्गा नगरपालिका वडा नं। १० सिमिचौरमा पनि विशेष भेला सम्पन्न भएको छ । भेलामा नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवन प्रसाद श्रेष्ठ, नेपाली काँग्रेस गुल्मीका पार्टी उपसभापति विष्णुप्रसाद वलाल, नेपाली काँग्रेस गुल्मीका सदस्य श्रीप्रसाद भलामी र नेपाली काँग्रेस रेसुङ्गा नगरपालिकाका सभापति छवि पाण्डे समेत भेलालाई सम्वोधन गर्नु भएको थियो । 

त्यस्तै रेसुङ्गा नगरपालिका वडा नं। १२ दुविचौरमा पनि महाअभियान सम्वन्धी विशेष भेला सम्पन्न भएको छ । त्यस भेलाको सम्वोधन नेपाली काँग्रेस गूलमीका पार्टी सचिव खिलध्वज पन्थीले गर्नु भएको थियो । भेलामा जिल्ला प्रतिनिधि अमृता देवि कुँवर र त्यहाँ सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्था लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली