2026-09-15 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको दलित पढ्ने विद्यालयमा कम्प्यूटर

नरी बडु/बैशाख १३ बैतडी | दलित समुदायका बालवालिका मात्रै पढ्ने दशरथचन्द नगरपाकिला– ५ मा रहेको बेताल खोदै आधारभुत विद्यालयलाई दलित उद्यम विकास समाज बैतडीले कम्प्यूटर र प्रिन्टर हस्तान्त्रण गरेको छ ।

कक्षा तीन सम्म पढाई हुने उक्त विद्यालयका विद्यार्थी र शिक्षकलाई कम्प्यूटरको ज्ञान हुनुका साथै विद्यालयको अन्य काममा सहजता होस भन्ने उद्येश्यले दशरथचन्द नगरपालिकाको सहयोगमा एक थान कम्प्यूटर र एक थान प्रिन्टर हस्तान्त्रण गरिएको संस्थाका अध्यक्ष रमेस कोलीले बताए ।

दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापा र उपप्रमुख मिना चन्दले उनिहरुलाई सो सामग्रि हस्तान्त्रण गरेका हुन् । कम्प्यूटरले अब विद्यालय प्रशासन तथा बालवालिकाहरुलाई सहयोग हुने विद्यालयका प्रधानाध्यापक प्रेमराम महले बताए ।

हस्तान्त्रण कार्यक्रममा स्थानीय अविभावक र विद्यालय प्रशासनले नगर प्रमुख र उपप्रमुसंग विद्यालयमा भएको शिक्षक अभाव र त्यस क्षेत्रका अन्य समस्याको बारेमा पनि जानकारी गराउनु भएको थियो । उक्त विद्यालय र सिङ्गो दलित समुदायको समस्या समाधानमा नगरपालिकाले विषेश भुमिका खेल्ने नगर प्रमुख नरेन्द्र थापा र उपप्रमुख मिना चन्दले प्रतिवद्धता गरेका छन् । छिट्टै विद्यालयमा कम्प्यूटर प्रशिक्षक र विद्युतको व्यवस्था गर्न नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख नरेन्द्र थापाले बताए । हस्तान्त्रण कार्यक्रममा सहभागि विद्यालय निरिक्षक मोहन नाथले उक्त विद्यालयलाई नमुना विद्यालय बनाउनुपर्ने बताए ।

हस्तान्त्रण कार्यक्रममा नगर प्रमुख र उपप्रमुख संगै जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक मोहन नाथ, दशरथचन्द नगरपालिका कार्यपालिकाका दलित सदस्य डम्बर टमाटा, दलित उद्यम विकास समाजका अध्यक्ष रमेस कोली, स्थानीय अविभावक र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ