2026-07-27 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सरकारले अरिङ्गालको गोलामा हात हाल्दै छ: मन्त्री ज्ञवाली

प्रेम सुनार/बैशाख–१३ गुल्मी। संघिय सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले जनताको समृद्धि र राष्ट्र हितका लागि अहिलेको सरकार जस्तो सुकै चुनौतीको पनि सामना गर्न तयार रहेको उद्घोष गरेका छन्  ।

आज दिउँसो  गुल्मीको रिडीबाट कालिगण्डकी कोरिडोर सडक १० मिटर चौडा पार्ने कार्यको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले भने अहिलेको सरकारले जनताको समृद्धि र राष्ट्र हितका लागि  अरिङ्गालको गोलामा हात हालि सकेको र केहि अरिङ्गालहरु भुरुङ–भुरुङ गर्न थालेको छन् , ति सवको सामना गर्न सरकार तयार छ ।’

हालै चिन भ्रमणबाट फर्किएका मन्त्री ज्ञवालीले चिन संग रेल मार्ग , चिन संग भारत जोड्ने कालिगण्डकी कोरिडोर लगायतका विकास निमार्णमा सहयोग गर्न समकक्षी संग आग्रह गरेको बताए ।

नेपाली सेना विकास निर्माण निर्देशनालय कालिगण्डकी कोरिडोर सडक निर्माण कार्यदलले २०६९ सालबाट सुरु गरेको  कालिगण्डकी कोरिडोर सडक खण्ड अन्तरगर्त यता गुल्मीको हर्मीचौरमा बसेको सेनाको टोलीले रिडी देखि वाग्लुङ्गको सिमना पालुङ्ग खोला सम्म ४२ किलो मिटर   औसतमा ८ मिट चौडा सडक सम्पन्न गरी सकेको छ ।

त्यस्तै उता वाग्लुङ्गको मालढुङ्गा टाकुर पालुङ्ग खोला  सम्म ३८  किलो मिटर सहित ८० किलोमिटर  र औसत ८ मिटर चौडा सडक सम्पन्न भई रिडी देखि १ सय ७४ किमी जोमसोम सम्म यातायात आवत जावत भई रहेका छन् । 

नेपाली सेनाले गरेको यस कार्य प्रति मन्त्री ज्ञवालीले धन्यवाद दिदै सरकारले हालै थप १० मिटर चौडा पार्ने गरेको निर्णय अनुसार छिटो भन्दा छिटो सम्पन्न गरी पिचका लागि सडक विभागलाई बुझाउन आग्रह गरेका थिए ।

१० मिटर चौडा पार्नका लागि  वाग्लुङ्ग तर्फ २५ करोड र गुल्मी तर्फ  ३५ करोड विनियोजित मध्ये गुल्मी तर्फ यस वर्ष १० करोड वरावरको काम नेपाली सेनाले सम्पन्न गर्ने भएको छ ।

प्राचिन  काल देखि हिन्दु र बौद्धिस्टहरु  भारतबाट  लुम्विनी, रिडी हुँदै चिन सम्मको धार्मिक यात्र गर्ने ऐतिहाँसिक महत्वको पदयात्रालाई अहिले आधुनिक पदयात्राका रुपमा विकास गर्न लागिएको र यसबाट यहाँका जनताको आर्थिक समृद्धि समेत हुने सरकारले अपेक्षा लिएको मन्त्री ज्ञवालीले बताए ।   उनले वाम एकता भएरै छाड्ने र यस प्रति कसैले संका नगर्न आग्रह समेत गरे ।

विश्वमा अन्यत्र कतै नपाईने शालिग्रामको भण्डार कालिगण्डकीमा  रहेको र यो स्थानलाई चिाउन जलासायको विकास समेत गरिनु पर्नेमा ५ नम्वर प्रदेश सांसद कमलराज श्रेष्ठले जोड दिएका थिए ।

त्यस्तै उक्त सडक निर्माणमाको नेतृत्व लिएर स्थानियको प्रशंसा बटुलेका त्यस गणका प्रमुख सेनानी ईन्जिनियर रेश्मीराज कँडेलले कार्य पत्र प्रस्तु गर्दै सवैले हामी र हाम्रो हो भन्ने भावना लिए हरेक काममा सफलता मिल्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला