2026-09-01 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मैले एसएलसी मात्रै गरेको हुँ, तर केहिमा अड्किन्नः मन्त्री ज्ञवाली

प्रेम सुनार | बैशाख १३, गुल्मी । मन्त्री भए पछि गृह जिल्ला गुल्मीमा पहिलो पटक आएका परराष्ट मन्त्री प्रदिपकुमार ज्ञवालीलाई पहिलो  उनले पढेकोे रिडी माध्यामिक विद्यालय आज भव्य स्वागत  गरेको छ ।

वलेटक्सारको चौतराबाट दुई घण्टाको बाटो हिडेर २०३१ सालमा कक्षा ९ मा भर्ना भई १३ वर्षको उमेरमा एसएलसी पास गरेका थिए । उक्त कुराको स्मरण गर्दै मन्त्री ज्ञवालीले भने–‘ यो विद्यालयबाट एसएलसी पास गरे पछि मैले त्यो भन्दा बढि औपचारिक शिक्षा लिन पाईन, अहिले म परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेको छु, तर म अग्रेजी लगायत कुनै  विषयमा अड्किन्न ।’

उनले थपे–‘ यो विद्यालय आफैमा गौरवभान्वित विद्यालय हो जसले उत्पादन गरेको विद्यार्थी आज परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेको छ र जसले हरेक कुरामा क्षमता राख्छ । ’ आफुले अहिले विज्ञान विषय अध्यान गर्न लागेको बताउँदै मन्त्री ज्ञवालीले आफुलाई त्यति वेला पढाउने शिक्षकहरुको स्मरण गरे ।

उनले  फरक मानसिकता भएकी आफ्नो छोरीको नाममा त्यस विद्यालायका अपङ्गता भएका विद्यार्थीहरुको शैक्षिक   विकासका लागि १ लाख वरावरका क्षितिज   विशेष पुरस्कार अक्षय कोषको स्थापना समेत गरी दिएका छन् ।

एउटा अपाङ्ग सन्तान  हुर्काउन  पढाउनुको पिडा आफुलाई  गहिरो सग अनुभुत भएको भन्दै उनले अवका दिनमा  त्यस्ता वालवालिका शिक्षाबाट बञ्चीत हुन नपरोस भन्ने चाहेको बताए ।  मन्त्री ज्ञवाली वेसहारा र आर्थिक अभावका कारण शिक्षाबाट बञ्चीत भएका वालवालिकाको शिक्षा दिक्षामा सरकारले अव अभिभाकत्व लिने जनाएका थिए ।

आफ्नो पुर्व विद्यार्थी परराष्ट्र मन्त्री भएको खुशीयालीमा  गृह जिल्लामा पहिलो स्वागत कार्यक्रमको आयोजना गर्दै मन्त्री ज्ञवालीलाई  शिक्षक, विद्याथी, र अभिभावकहरुले गेट देखि नै पुष्पगुच्छाले भव्य   स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली