२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३० बर्ष अघि भूमिगत भएको ठाउँमा पुगेर के गर्दैछन् परराष्ट्रमन्त्री ज्ञावाली ?

१४ बैशाख २०७५, शुक्रबार १३:५६

प्रेम सुनार | वैशाख १४, गुल्मी | मन्त्री भएपछि आफ्नो गृह जिल्ला गुल्मीमा पहिलो पटक आएका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीलाई ३० बर्ष अघि भूमिगत हुँदा बसेको गाउँ चन्द्रपुर गाउँपालिकामा पुगेका छन् । 

गुल्मीको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने चन्द्रपुर गाउँपालिका र  कालीगण्डकी गाउँपालिकाका मन्त्री ज्ञवालीलाई पहिले उनले पढेको रिडी माध्यामिक विद्यालयमा आज भव्य स्वागत गरिएको छ । भूमिगत हुँदा आफैले खाना खाना खुवाएका आमाबुबाहरुले ज्ञावालीलाई किसोर अवस्थाको जस्तै असल र अहमता नभएको भन्दै प्रशंसा गरेका छन् । 

साथै मन्त्री ज्ञावालीले गुल्मीको खड्ककोट स्थित दुर्गाभवानी माविको ६१ औं बार्षिक उत्सवको उद्घाटन गर्दै त्यहाँका सर्वसाधारणलाई सम्बोधन गरेका छन् । ज्ञावालीले सम्बोधनको क्रममा हालसम्मको शिक्षालाई गुणस्तरिय र व्यावहारिक बनाउन, कृषि तथा व्यवसायिक जनशक्ति उत्पादन गर्न सक्ने खालको शिक्षा नीति आवश्यक भएको भन्दै त्यसमा आफ्नो पार्टी कटिबद्ध रहेको बताएका छन् । त्यस्तै मन्त्री ज्ञावालीले गरिव, बिपन्न, बेसाहारा बालवालिकालाई सरकारले अभिभावकत्व लिने बताएका छन् । 

मन्त्री ज्ञावालीले माओवादि र एमालेका कार्यकर्तालाई संयुक्त रुपमा भेट गरि प्रशिक्षण समेत दिन भ्याएका छन् । प्रशिक्षणका क्रममा उनले कार्यकर्ताहरुलाई निराश नहुन आग्रह गर्दै पार्टी एकतामा आशंका नगर्न आग्रह गरेका छन् । उनले भने – 'अब छिट्टै पार्टी एकता हुन्छ, यसमा कुनै दुई मत छैन, प्राविधिक समस्याको कारणले एकताको कुरा बढीमा डेढदुई महिना भित्र मिलिसक्छ ।'   

गुल्मीमा भेटघाटको क्रममा मन्त्री ज्ञावाली हर्मी चौर, अरबेनी, पुर्तिघाट, खड्ककोट, ग्वागा, हरेवा हुँदै आज चन्दपुर बस्ने र भोली चन्द्रपुरको बिभिन्न गाउँमा जाने र बिभिन्न व्यक्तिहरुले उनलाई सम्मान गर्ने कार्यक्रम छ । 

उनले स्थानीय बासिन्दाहरुसँग छलफल गर्दै गुल्मीको क्षेत्र नम्बर १ को बिकासमा आफूले कत्ति पनि कमी नराख्ने भन्दै चुनावी अभियानको क्रममा आफूले बोलेका कुराहरु पुरा गरिछाड्ने बताए । 

ज्ञावाली कालिगण्डकी करिडोरका जन्मदाता मानिन्छन् । मन्त्री ज्ञावालीले कालिगण्डकी करिडोर ८ मिटर चौडा भएकोमा अब १० मिटर चौडा हुने र नेपाली सेनाले खन्ने गरि सुरु भएको सडक हिजो उद्घाटन समेत गरेका छन् । ज्ञावालीले गुल्मीको ऋणीदेखि रुद्रवेनीसम्मको सडक यो बर्ष १० मिटर चौडा पार्ने भन्दै उनले ऋणीदेखि बाग्लुङसम्म कुल ८० किलोमिटर सडक चौडा पार्नको लागि सरकारले बाग्लुङ तर्फ २५ करोड छुट्ट्याएको र गुल्मीतर्फ ३५ करोड छुट्ट्याएको जानकारी दिएका छन् ।  

उक्त कालिकीगण्डकी करिडोरले चीनको केरला हुँदै तातोपानी, मुक्तिनाथ त्यसपछि विश्वकै सालिग्रामको भण्डार भनेर चिनिने कालिगण्डकी नदि किनार हुँदै मालढुङ्गा, सेतीबेनी, मिर्मिड्याम हुँदै रुद्रबेनी, विश्वकै चार धाम मध्ये एक मानिने रुरु धाम हुँदै लुम्बिनी र भारत जोड्नेछ । प्राचिन कालदेखिनै भारत र चीनको सभ्यता जोड्ने, बुद्धिष्टहरुको समेत पदयात्राको प्राचिन बाटोको विकास हुने गरि कालिगण्डकी करिडोर बिकास हुँदै गरेको भन्दै मन्त्री ज्ञावालीले प्राचिन बाटोलाई आधुनिक बनाउने उध्यस्यले करिडोरको परिकल्पना गरिएको बताएका छन् । मन्त्री ज्ञावालीले करिडोरको विकासले लुम्बिनीदेखि म्याग्दी, बेनी, जोमसोम सम्मका जनताको जीवनस्तर उकास्नेमा आफू विश्वस्त भएको बताएका छन् ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने