2026-09-15 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराका युवाहरुलाई च्याउबाट मनग्य आम्दानी

धनबहादुर भण्डारी | वैशाख १५, डडेल्धुरा (रासस) | अधिकांश युवा कामको खोजीका लागि विदेश भौँतारिइरहेका बेला डडेल्धुराका केही युवाले भने च्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । 

च्याउ खेतीबाट यी युवा अहिले मासिक रु एकदेखि दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । दैनिक ८० देखि १०० किलो च्याउ स्थानीय बजारदेखि जिल्ला सदरमुकाममा बिक्री गरिरहेको च्याउखेतीमा लागेका गन्यापधुरा–१ अशिग्राम, भात्काडाका खेमराज जोशीले बताउनुभयो । 

दैनिक करीब १०० किलोग्राम च्याउ बिक्री गर्दा १५ हजारभन्दा बढी आम्दानी हुने गरेको उद्यमी जोशीले जानकारी दिनुभयो । त्यसैगरी गन्यापधुरा गाउँपालिका–२ वडालमा च्याउखेती गरिरहेका हिरा भण्डारीले पनि दैनिक रु १० देखि १२ हजारसम्मको च्याउ बिक्री गरिरहेको बताउनुभयो । 

गन्यापधुरा गाउँपालिकाको भाँतकाडामा जमिन भाडामा लिई खेमराज जोशीले स्थानीय युवासँगको साझेदारीमा दुई वटा ठूला टनेल निर्माण गरी च्याउ खेती शुरु गरेका छन् भने गन्यापधुरा गाउँपालिका–२ वडालमा जमिन भाँडामा लिई हिरा भण्डारीले स्थानीयवासी युवासँगको साझेदारीमा च्याउ खेती शुरु गरेका छन् । 

विदेश जानका लागि राहदानी बनाइ ठिक्क परेका यी चारैजना युवा आजभोलि च्याउ खेतीबाट विदेशको भन्दा पनि बढी आम्दानी गर्न थालेका छन् । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेतीको विस्तार गर्ने योजनामा रहेको उनीहरु बताउँछन् । 

मेहनत गरिसकेपछि राम्रै आम्दानी भइरहेको बताउँदै अझै च्याउलाई विस्तार गरी अन्य परिकार निर्माण गर्नाका साथै अन्य जिल्लामा समेत पठाउने योजना बनाइरहेको भात्काडाका च्याउ उद्यमी जोशीले जानकारी दिनुभयो । 

दुवै स्थानगरी चार टनेलमा एक हजार ६०० बलमा लगाइएको च्याउबाट दैनिक एक क्विन्टिल ५० किलोभन्दा बढी च्याउ बिक्री गर्ने गरेका छन् । अहिले कन्ने च्याउको उत्पादन गरिरहेको र विस्तारै गोब्रो च्याउको पनि उत्पादन गर्ने योजना रहेको उनीहरु बताउँछन् । 

यहाँ उत्पादन हुने सम्पूर्ण च्याउ डडेल्धुरा सदरमुकामसहित अन्य बजारमा सहजै बिक्री भइरहेकाले बजारको पनि समस्या नभएको उनीहरुको भनाइ छ । 

यी युवाको मेहनत देखेर आर्थिक तथा प्राविधिक सहयोग गर्ने गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताउनुभयो । यी युवाजस्तै अन्य नेपाली युवाले कृषि पेशालाई अङ्गाल्ने हो भने वैदेशिक रोजगारीका लागि भौँतारिनु नपर्ने अध्यक्ष मल्लको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ