भरखरै मात्र फुलेका कलिला फुललाई असिनाले झ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भरखरै मात्र फुलेका कलिला फुललाई असिनाले झ"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

असिना र हावाहुरीले हुम्लाको फलफुलमा नोक्सानी

१८ बैशाख २०७५, मंगलवार ०६:१०

बैशाख १७ हुम्ला | हुम्लामा एक्कासी हावाहुरी सहित परेको असिना र पानीको कारणले फलफुलमा ठूलो नोक्सानी पारेको छ । 


भरखरै मात्र फुलेका कलिला फुललाई असिनाले झारे पछि हुम्लामा यस वर्ष फलफुल उत्पादनमा कमी आउने संकेत देखिएको छ । जिल्लाका सबैजसो भागमा परेको हावाहुरी सहित परेको पानी र असिना हुम्ली किसानको लागि अभिषाप भएको छ ।

जिल्लामा स्याउ, ओखर, चुली, खामु, आरु, आरुवखडा लगायतको फलफुलको बोटमा नोक्सानी पुर्याउँदा किसान चिन्तित बनेका छन् । नगद संकलनको एक मात्र खेती फलफुल भएको भएता पनि यस पटक धेरै कमाई नहुने संकेत गर्दै हुम्लाका किसानले आम्दानीमा ह्रास आउने समेत आँकलन गरेका छन् । 

हुम्लामा दाँते ओखरलाई प्रति गोटा ५ रुपैयाँ, स्याउको प्रति गोटा १० रुपैयाँमा विक्रि गरी मनग्ये आम्दानी लिने गरेको भएता पनि भरखरै दाना लाग्न नपाउँदै परेको असिना पानीले किसानको सपनामा तुसारापात ल्याएको छ । यस वर्ष गत वर्षको भन्दा केही समय ढिलो गरी बल्ल तल्ल स्याउ र अन्य फलफुलको फुल फुलेको भएता पनि दाना नलाग्दै फलफुलको फुल झारीदिए पछि किसान चिन्तित बनेका हुन् । 

फलफुल खेतीलाई जिल्ला भन्दा बाहिर निर्यात गर्नको लागि हवाई ढुवानी महँगो भएको कारण जिल्ला भित्रका उपभोक्तालाई विक्रि गरी घर खर्च र बालबालिकाको पठन पाठन टार्नको सहज भएको भएता पनि यस वर्ष के हुने हो भन्ने बारेमा चिन्ता व्यक्त गर्दै सिमिकोट ३ लाँदुका अगुवा किसान कार्साङ्गमु लामाले बताउनु भयो । यस पटक होम गार्डेनमा स्याउ फलाउनको लागि ५ सय बोट स्याउ थप गरी व्यवसायिक खेती गरेको भएता पनि हालैको मौसम प्रतिकुलताको कारण आफु अन्यौलमा रहेको अर्का किसान धन बहादुर लामाको रहेको छ । गत वर्ष फलफुलबाट नै ३ लाख कमाउन सफल भएको भएत पनि यस वर्ष आसा कम रहेको उहाँको छ । 

सर्केगाड गाउँपालिका उनापानीका किसान दिपक फडेरा आफुले गत वर्ष ३ लाख बराबरको आम्दानी गरेको बताउनु भयो । यस वर्ष बारीमा लगाएको आरु, स्याउको बोटमा क्षती भए पछि एक लाख पनि आम्दानी नहुनेमा शंका व्यक्त गर्नु भयो ।

हावा हुरी सहितको असिना पानीले जिल्लाका फलफुल खेती गर्ने किसानलाई करोडौंको नोक्सानी भएको छ । सात वटै गाउँपालिकामा किसानले आफ्नो उपभोग र विक्रि वितरणको लागि खेती गरेको फलफुलबाट आसा समेत मरेका स्थानिय किसानले बताउने गरेका छन् । 

उता वनमा संकलन गरिने गुच्ची च्याउ भने असिना र पानीको कारण उम्रने बेला भएकोमा केही आम्दानीको परिपुर्ति हुने देखिएको छ । ओसिलो ठाउँमा सल्ला र ठिगो प्रजातीको बोट मुनी उम्रने गुच्ची ध्च्याउ उह्रने बेलामा परेको पनाी र असिनाले यसलाई राम्रो वातावरण बनाएको छ । आगलागी भएको, ओसलिो ठाउँमा पाईने गुच्ची च्याउलाई हुम्लामा प्रति किलो ५० हजार मुल्यमा खरिद विक्रि हुने गरेको छ । पौष्टिक तरकारी र शक्तिवर्धक तरकारी बालीको रुपमा लिईने गुच्ची च्याउबाट यस पटक किसानले राम्रो आम्दानी लिन सक्ने किसानको भनाई रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य