२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलितको घरमा पस्ने कांग्रेसले दलितलाई पनि आफ्नो पस्न देलान ?

२०७५, १९ बैशाख बुधबार १६:०१

प्रेम सुनार | वैशाख १९, गुल्मी | यति वेला  गुल्मी कांग्रेसको ५० दिने महाअभियानले निकै चर्चा पाएको छ ।  विशेष गरी केहि वर्ष अघि सम्म दलित भने पछि टाउँको मर्काउने , नाक खुम्चाउने र दलितलाई छुँदा सुनपानी छर्किने कट्टर व्राम्ण समुदाका कांग्रेस कार्यकताहरु दलितको घरमा वसेर उनिहरु संगै पकाउने खाने, काम गरी दिने भुल्लाभुल्ली जे छ त्यस्तैमा सुत्ने कुराले निकै चर्चा परिचर्चा पाएको छ ।

एकथरी विपक्षीहरु यसलाई नाटक मञ्चन भनेर आलोचना गरी रहेका छन् भने स्वतन्त्र ब्यक्तिहरुले राम्रो कामको सुरुवात भनेर प्रशंसा पनि गरी रहेका छन् । सात साल अघि देखि नेपालमा जमेको पुरानो पार्टी कांग्रेसले अहिले सम्म के हे¥यो ? वल्ला अहिले आएर दलित संग अपनत्वको आवश्यकता कसरी देख्यो ? भनेर आलोचना गर्नेहरुलाई सुरु मै यस अभियानका मुख्य अभियान्त कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले जवाफ दिई सकेका छन् ।

उनले अभियान सुरु गर्नुको अघिल्लो दिन अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वीकार गरेकै थिएकी  कांग्रेसजन दलित र गरिव विपन्न वर्ग संग केहि टाढिएकै महशुस गरेर उनिहरु संग अपनत्व बढाउन यस्तो अभियान सुरु गरेका हौं ।

धेरै पछि आएर यस्तो अभियान गुल्मी कांग्रेसबाट ल्याएकोमा देशभरकै कांग्रेसका लागि यो सिको गर्न अवश्यक देखिन्छ ।  कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीले उद्घाटन गर्दै भनेका थिए यो महाअभियान देशैभरकै कांग्रेसका लागि भिटामिन सहितको ट्यावलेट र सुई हो ।

दलितको घरमा प्रवेश अभियानलाई नकरात्मक ठान्नु विपक्षीले गरेका  जति राम्रा काम पनि नराम्रो देख्ने यो देशको संस्कार  जस्तै हो ।  खुल्ला दिशमुक्त, सरसफाई लगायतका थुप्रै अभियान छ्ेड्न कम्मर कसेर लागेका यस जिल्लाका नेता, कार्यालय प्रमुखहरुले छुवाछुत मुक्त गाउँ हुँदै जिल्ला बनाऔं भन्ने कुरा उच्चारण गर्न चाहेनन् ।

तर कांग्रेसले ल्याएको अभियानलाई यो अभियानलाई आलोचना गर्नुको साटो अरु राजनैतिक दलले पनि तिव्रता दिन र छुवाछुद मुक्त जिल्ला बनाउन लाग्न आवश्यक छ । अर्को कुरा दलितका घर भित्र पसेर खाने कांग्रेस व्राम्हणले फेरी त्यो दलितलाई आफ्नो घरमा लगेर त्यसरी नै खुवाउन सक्छ कि सक्दैन ? भन्ने सवाल पनि उठ्नु स्वभाविकै हुन जान्छ ।

कांग्रेसलाई अर्को चुनौती क यो पनि छ कि अहिले पनि धारामा दलितका गाग्री मिल्काई दिनेहरु छन् ।  सार्वजानिक कोट मन्दिरमा प्रवेश निषेध गरिएको छ । केहि दिन अघि मात्र यसै गुल्मीमा एक जना दलित राती मन्दिर भित्र प्रवशे गरेको भन्दै अर्को दिन मन्दिर चोख्खाएर दण्डित गर्ने प्रयास समेत गरियो ।

ग्रैह दलित केटी विहे गर्ने दलितको छोरा  वालिका विहे गरेको अभियोगमा  वा सके वलात्कारको मुद्धामा जाक्ने जस्ता कुचेष्टाहरु पनि हुँदै आएका छन् ।  अहिले पनि  कतिपय वालकले समेत दलित बृद्ध बृद्धलाई हजुर तपाई भनेर सम्वोधन गर्न रुचाउँदैनन् ।

कांग्रेस यस महाअभियानका क्रममा  माथी उल्लेख गरिएका विषयमा डटेर लागे दलितहरुले अपनत्व मात्रै दिदैन्थे कम्युनिष्ट छाडेर कांग्रेसमा प्रवेश नै गर्ने थिए ।  जातिपाती नमान्ने भनेको हामी कम्युनिष्टहरु नै हौं भन्नेहरु घरमा पुग्यो कि  भाँडाकुडा जोगाउन बढि हतार गर्ने गर्दछन् ।

द्धन्द्धकालमा दलितको घरमा बसेर मासु भात लुडाउनेहरुले शान्ति प्रकृया पछि दर्लिङ्गमा द्धन्द्धकालमा आफैले वाजा वजाएर मगरको घरमा दलितकी छोरी  भित्राई दिनेहरु नै पछि घर निकलाको प्रयासमा जुटे ।

चुनावताका जनप्रतिनिधीले समेत  मुख खेलायो भनेर  दलितको टाउको सेके । भाँडा छुएको रिसमा गत वर्ष वडागाउँका एक दलितले निर्घात पिटाई खाए ।  यी यावत कुराहरुको चुनौती चिर्न कांग्रेसले सकोस यहि शुभकामना एवं राम्रो प्रयासका लागि साधुवाद्…………….. 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु