२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापाको भोजन दलितको चुलोमा, ईश्वरी परियार भण्डारीको दलानमा

२०७५, २२ बैशाख शनिबार १०:२४

प्रेम सुनार | वैशाख २२, गुल्मी | नेपाली कांग्रेस गुल्मीले बैशाख १ गते देखि सुरु गरेको ५० दिने महाअभियानलाई हामीले सुरुदेखि पछ्याई रहेका छौं ।  विशेष गरी अभियानका क्रममा सो पार्टीले सुरु गरेको चुनौती पुर्ण कार्य दलितको घरमा जे छ त्यही खाँदै अभियान सञ्चालन गर्ने नीतिलाई हामी बढि पछ्याई रहेका हौं ।

यहाँका नेता कार्यकर्ता देखि केन्द्रिय सदस्य एवं पुर्व स्वास्थ्य मन्त्री गगन थापाले समेत गुल्मी आएर दलितको चुलो भित्र बसेर खान खाए ।  त्यसै झुपडीमा काठमाण्डौंमा भन्दा बढि मिठो निद्रा आफुलाई लागेको अभिव्यक्ति समेत दिए ।

तर सोही पार्टीबाट जिल्ला प्रतिनिधीका रुपमा गाउँ  खटिएका दलित समुदायका नेताहरु भने अहिलेसम्म कुनै एक जना व्राम्हण, क्षेत्रीको घरभित्र पसेर खान खाएको पाईएको छैन् । जिल्ला कमिटी सदस्य झविन्द्र सुनारलाई वलिथुमको वोटेमाझी गाउँमा खटाईयो, उनले त्यस समुदायसँग घुलमिल गरेर खाना खाएको बताउँछन् ।

मकै छर्ने मेलोमा जोतेर समेत उनले त्यस समुदायलाई सघाएको  र त्यहाँका वोटेमाझीहरुलाई सरकारले बनाउने भनेको जनता आवास कार्यक्रमको घर बनाउने भनेर पुराना घरहरु भत्काईएको र घर बनाउने कार्य अगाडी नबेढे पछि उनिहरु कष्टकर वसाई बसेको जानकारी दिए ।

त्यस्तै नेपाल दलित संघका जिल्ला अध्यक्ष लुमबहादुर सुनार ( मन्त्री) गुल्मी दरवार गाउँपालिका वडा नम्वर ५ अमरअर्वाथोक खटिए पनि कहाँ बस्ने भन्ने टुङ्गो अहिले सम्म नलागेको बताउँ छन् । ‘आते–जाते गरेको छु ’–उनले भने–‘ कहाँ बस्ने विषयमा छलफल हुँदै छ ।’  तपाई बिश्वकर्मा, अरु व्राम्हण क्षेत्रीहरु तपाईको घर भित्र पसेर खान खाए भने तपाई परियार जातीको घर भित्र पसरे खान हिम्मत गर्नु हुन्छ ? भन्ने प्रश्नमा उनले भने–‘ मैले त पहिलै देखि मेरो घरमा परियार जातिलाई भित्रै स–सम्मान राखेर खुवाउँदै छु उहाँहरुको घरमा नपस्ने त कुरै भएन् । ’

सो पार्टीका महाधिवेशन प्रतिनिधी ईश्वरी परियार रुरु गाउँपालिका वडा नम्वर ४ वम्घाको वोटे माझी गाउँमा खटिएका छन् । कहाँ बस्नु भएको छ ? भन्ने प्रश्नमा उनले भने हेमत्यागी भण्डारीको घरमा बसेको जवाफ दिए । भित्र कि वाहिर वसेर खाना खानु भएको छ ? भन्ने प्रश्नमा उनले भने–‘हेमत्यागी जि पनि वाहिरै आउनु हुन्छ र वाहिरै बसेर खाईएको छ ।’

जिल्लाका क्रियाशिल पत्रकार समेत रहेका हेमत्यागीसंग तपाई जस्तो ब्यक्तिले ईश्वरी जिलाई भित्रै लगेर खुवाउने हिम्मत गर्नु भएन ? भन्ने प्रश्नमा उनले हाँस्दै भने–‘ भित्र धुँवा हुने भएकोले वाहिर संगै बसेर खाईएको छ, अरु त्यस्तो केहि होईन् ।’

उता धुर्कोट– ७ को वाग्लामा नेता गगन थापासंगै पुगेका ईश्वरी परियार नेता विष्ट बस्ने बिश्वकर्मा नवसी अन्यत्रै बसेका थिए । सायद सिमित ब्यक्तिलाई  खान बस्नको ब्यवस्था गरिएकोले होला संगै पुगेका महासमिति सदस्य एवंं पुर्व जिल्ला  सभापति चन्द्र केसी पनि अन्यत्रै बसेका थिए ।

व्राम्हण क्षेत्री कांग्रेसजनहरु धमाधम दलितका घर भित्रै बस्दै खाँदै गरेको खवरले देशैभर चर्चा र प्रशंसा पाईरहँदा ईश्वरी परियार जस्ता दलित नेताहरु बाहिरै बसेर खाँदा नेता गगन थापा जस्ताको मानसिकता  र हाम्रो समाजका अगुवाहरुको मानसिकता आकाश जमिनको फरक रहेको स्पष्ट हुन्छ ।

एकछिन सोचमग्न हुनुस त यसै समाजमा गगगन थापा जस्ता दलितको चुलो भित्र आठो पिठो खाँदै छन भने ईश्वरी परियार जस्ता  दलितहरु वाहुन क्षेत्रीको दलान मै बसेर खान बाध्य छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु