२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीकी एक जसले ९१ बर्षको उमेरमा पहिलो पटक नागरिकता लिईन्

२३ बैशाख २०७५, आईतवार ११:५७

 प्रेम सुनार/बैशाख २३ गुल्मी। दुरदराज गाउँको कुरा होईन सदरमुकाम तम्घास संग जोडिएको गाउँकी  एक बृद्धले ९१ बर्षको उमेरमा पहिलो पटक सदरमुकामा पाईला टेकेकी छन । त्यो पनि उनले पहिलो पटक नागरिकता बनाउनका लागि सदरमुकाम तम्घासमा पाईला टेकेकी हुन् ।


ति हुन मुसिकोट नगरपालिका वडा नम्वर ४ , साविकको वडागाउँ गाविस वडा नम्वर १ तल्लो दजाकोटकी ९१ ब्र्षिया बृद्धा चन्द्रदेवि पुन । पुनको जन्म विक्रम सम्वत १९८४  । ०२ । १ गते रहेको छ ।  उक्त मितिमा जन्मेकी पुनले  आज आईतवार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पहिलो पटक नागरिकता लिएकी हुन्  ।

नागरिकता नभए पनि तत्कालिन बडागाउँ गाविसले उनलाई बृद्ध भत्ता खुवाउँदै आएको तर अहिले मुसिकोट नगरपालिकाले नागरिकता विना बृद्ध भत्ता रोक्का गरेपछि  पुन अहिले आएर नागरिकता बनाउन आएकी थिईन ।  

उनले  ७० वर्ष पुरा गरी २०५१ साल देखि सुरु भएको पहिलो बृद्ध भत्ता  सय रुपैयाँबाट लिन सुरु गरेको उनकी छोरी डाँडाथोक निवासी एमकुमार वगालेले बताईन् ।  उनलाई छोरी र छोराहरुले  डोराउँदै प्रशासनमा नागरिकता बनाउन ल्याएका थिए ।

अपाङ्ग र बृद्ध बृद्धा मैत्री प्रशासन भनिए पनि आज उनलाई एक देखि अर्को स्थानमा डोराउँदै हिडालेको दृश्यले ब्यवहारमा मैत्री हुन नसकेको देखाउँथ्यो ।  त्यस्ती बृद्ध समेतलाई डोराउँदै एक देखि अर्को स्थानमा लैजाने गरेको देखि पछि यस समाचारदाताले  प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मालाई फोन गरेर ध्यानकृष्ट गराएको थियो ।

त्यस पछि  शर्माले तत्काल ति बृद्धालाई तलबाट माथी आफ्नो कार्यकक्षमा कर्मचारी लिन पठाई स–सम्मान उति खैरै नागरिकता प्रदान गरी दिएका थिए । त्यस अघि झण्डै एक घण्टा सम्म कहिले यता कहिले उताको झण्झटमा परेको दुखेसो उनिहरुले गर्दै थिए ।  

प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेद्धारा जारी उनको नागरिकता प्रमुख जिल्ला अधिकारी शर्माले दिदै प्रणाम समेत गरेका थिए । उनको सवै भन्दा जेठी सन्तान एमकुमारी रजालीको उमेर ६५ वर्ष भयो । त्यस पछि जन्मेका छोरा टिकाबहादुर पुन साठी वर्ष अर्की छोरी बगालेको उमेर ५५ वर्षको भयो । उनका श्रीमान खड्गबहादुर पुनको डेढ दशक अघि नै मृत्यु भएको थियो ।

किन अहिले सम्म सदरमुकाम तम्घास आमालाई ल्याउनु भएन भन्ने प्रश्नमा उनका छोरा छोरीले भन्दै थिए–‘उहाँ विरामी परे पो तम्घास ल्याउँथ्यौं , अहिले सम्म विरामी नै पर्नु भएको छैन त्यसैले अहिले नागरिकता बनाउन पहिलो पटक ल्याएका हौं । उनको गाउँ सदरमुकाम तम्घास देखि करिव १२ किलो मिटर दुरीमा पर्दछ । हिडेर करिव ३ घण्टामा त्यहाँबाट तम्घास आउन सकिन्छ । उनि  बढिघाट खोलाको बाटो बुटवल भने छोरी रहेकोले गएकी छन् ।

त्यति नजिककी मान्छे समेत त्यो उमेर सम्म सदरमुकाम तम्घास पहिलो पटक देख्नुले अरु दुरदराज गाउँका बृद्ध बृद्धाहरुको अवस्था के होला ? भन्ने सवाले जिल्ला प्रशासन भित्र उठ्यो । प्रमुख जिल्ला अधिकारी शर्माले यस अघि ८० वर्ष सम्मकोलाई आफुहरुले नागरिकता पहिलो पटक दिएको  पुन चाही यति वढि उमेरमा नागरिकता लिने पहिलो भएको भन्दै खुशी ब्यक्त गरे । नागरिकता त पुनले लिईन तर  उनी आफैलाई नागरिकता भनेको के हो ? भन्ने थाह थिएन् ।

के हो आमा त्यो भनेर सोध्धा उनले हाँस्दै भन्दै थिईन ‘कागज हो के रे’ अहिले कहाँ आउनु भएको छ ? भनेर सोध्धा डाँडामा भन्दै थिईन । होईन के आमा यो त तम्घास हो के भन्दा ‘ होर , कहाँ ल्याए हय्’ भन्दै थिईन ।

उनलाई आफु आएको ठाउँ तम्घास हो भन्ने समेत थाह थिएन् । त्यो उमेर सम्म रुखा खोकी वाहेक थला पर्ने गरी उनि विरामी नपरेको, अझै पनि घरमा भित्र वाहिर गर्ने , नाति पलातीहरुको हेरचाह गर्ने गरेको परिवारका सदस्यले बताए ।

दुई वर्ष अघि दजाकोटमा भिषण आगोलागी हुँदा उनकको सहित ६० भन्दा बढि घर गोठ जलेर नष्ट भएका थिए । त्यहाँ देखि यता उनि डाँडाथोकस्थित छोरी वगालेको घरमा बस्दै आएकी छन् । उनिहरुको ध्वस्त घर अझै बन्न सकेको छैन् । 

यो कागज भएसी   भत्ता पाईने भयो हुन्तो ? भन्दै उनि खुशी हुँदै घरतिर लागेकी छन् । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले सामाजिक सुरक्षा भत्ताको विषयलाई  शुद्धिकरण  गर्नका लागि नागरिकता अनिवार्य गराईएकोले बृद्धा पुनलाई नागरिकता दिलाउन आफुहरुले पठाएको बताए ।  उनले भने यस क्रममा  त्यो उमेरमा उहाँले पहिलो पटक सदरमुकाम देख्न र नागरिकता लिन पाउनु भएकोमा आफुहरुलाई खुशी लागेको छ ।  


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता