२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बस दुर्घटना: चालकसहित १४ जना घाइते, राजमार्ग ठप्प

२४ बैशाख २०७५, सोमबार ०५:४३

वैशाख २४ बैतडी | बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् । 

बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडि(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो । बसबीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडीसमेत चल्न नसकेको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा बस चालक कञ्चनपुरको बेदकोट नगरपालिका–४ का ३५ वर्षीय लोकेन्द्र थापा, सोही ठाउँका २२ वर्षीया सुस्मिता ऐरी, ८ वर्षीय आदर्श धामी, १६ वर्षीया पशुपति ऐरी, दार्चुला अपिहिमाल गाउँपालिका–५ का २८ वर्षीय शेरसिंह धामी, ५ वर्षीय रुपेश धामी, २२ वर्षीया बाग्मती धामी, रिजन धामी, १० वर्षीया हेमन्ती धामी, ८ वर्षीय विवेक धामी र ५ वर्षीय नितेश धामी रहेका छन् । 

यस्तै अन्य घाइतेमा बैतडीको दशरथचन्द नगरपालिका–२ का १९ वर्षीय वसन्त बोहरा, दार्चुला शैल्यशिखर नगरपालिका–७ का २२ वर्षीय रमेश खत्री र दार्चुला गुल्जर घर भई हाल कैलालीको रामपुर बस्दै आएका ५५ वर्षीय डंकुरे महरा रहेका छन् । 

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते सबैको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भइरहेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नं को बस दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–१० अनारखोलीमा आज बिहान पौने ३ बजे दुर्घटनामा परेको हो । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै