पढ्न करिब 2 मिनेट लाग्छ

नरी बडु | जेठ ५, बैतडी | बैतडीको १० वटै नगर तथा गाँउपालिकाका उपप्रमुख र उपाध्यक्षहरुले नागरिकको खाद्य अधिकारका सवालमा विषेश भुमिका खेल्ने प्रतिवद्धता गरेका छन् । याक नेपाल, कैलालीले बैतडीमा आयोजना गरेको खाद्य अधिकार अवधारणा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा उनिहरुले यस्तो प्रतिवद्धता गरेका हुन् ।

बैतडीको विभिन्न ठाँउमा रहेका बाँझो जमिनहरुलाई कसरी उर्वर बनाउन सकिन्छ भन्ने विषयमा आफुहरुको महत्वपुर्ण भुमिका हुने मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाको भनाई छ । नागरिकहरुको अमुल्य मतबाटनै आफुहरु जनप्रतिनिधिका रुपमा उपस्थित हुन पाएको कुरालाई हेक्का राख्दै नागरिकको खाद्य अधिकार सुनिश्चितताका सवालमा जनप्रतिनिधिहरुले जिम्मेवार हुनुपर्ने उहाँको भनाई थियो ।

जिल्लाका धेरैजसो ठाँउहरुमा सानो समस्याका कारणपनि ठुल्ठुला खेतहरु बाँझो भई नागरिहरु खाद्य अधिकारबाट बञ्चित भएकाले यस्मा स्थानीय सरकारको महत्वपुर्ण भुमिका हुनुपर्ने दशरथचन्द गरपालिकाका उपप्रमुख मिना चन्दको भनाई छ । बाँझो जमिनलाई उर्वर कसरी बनाउने भन्ने बारेमा स्थानीय सरकाले योजना बनाउनुपर्ने उहाँको भनाई छ । स्थानीय तहमा भएका खेतियोग्य जमिनलाई संरक्षण गरि ति जमिनहरुबाट व्यक्तिलाई चाहिने सन्तुलित भोजन उत्पादन गर्न तर्फ स्थानीय सरकारको ध्यान जान सके खाद्य अभाव सम्बन्धि समस्या कम हुने दोगडाकेदार गाँउपालिकाका उपाध्यक्ष पार्वती काकीको भनाई छ ।

बैतडीका नगर तथा गाँउपालिका उपाध्यक्ष र जिल्ला समुन्वय समितिका उपप्रमुख सहभागि रहेको उक्त अभिमुखिकरण कार्यक्रममा खाद्य अधिकारका सवाल र जिल्लामा खाद्यान्नको उपलब्धता लगायतका बारेमा याक नेपालका देवि खनाल र गिता खत्रिले सहजिकरण गर्नुभएको थियो । याक नेपाल नामक संस्थाले प्रदेश ७ का सबै जिल्लाहरुमा खाद्य अधिकारका क्षेत्रमा काम गर्दै आएको छ ।