२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

खाद्य अधिकारको सुनिश्चितताका सवालमा जनप्रतिनिधिहरुको प्रतिवद्धता

५ जेष्ठ २०७५, शनिबार १४:०३

नरी बडु | जेठ ५, बैतडी | बैतडीको १० वटै नगर तथा गाँउपालिकाका उपप्रमुख र उपाध्यक्षहरुले नागरिकको खाद्य अधिकारका सवालमा विषेश भुमिका खेल्ने प्रतिवद्धता गरेका छन् । याक नेपाल, कैलालीले बैतडीमा आयोजना गरेको खाद्य अधिकार अवधारणा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा उनिहरुले यस्तो प्रतिवद्धता गरेका हुन् । 

बैतडीको विभिन्न ठाँउमा रहेका बाँझो जमिनहरुलाई कसरी उर्वर बनाउन सकिन्छ भन्ने विषयमा आफुहरुको महत्वपुर्ण भुमिका हुने मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाको भनाई छ । नागरिकहरुको अमुल्य मतबाटनै आफुहरु जनप्रतिनिधिका रुपमा उपस्थित हुन पाएको कुरालाई हेक्का राख्दै नागरिकको खाद्य अधिकार सुनिश्चितताका सवालमा जनप्रतिनिधिहरुले जिम्मेवार हुनुपर्ने उहाँको भनाई थियो । 


जिल्लाका धेरैजसो ठाँउहरुमा सानो समस्याका कारणपनि ठुल्ठुला खेतहरु बाँझो भई नागरिहरु खाद्य अधिकारबाट बञ्चित भएकाले यस्मा स्थानीय सरकारको महत्वपुर्ण भुमिका हुनुपर्ने दशरथचन्द गरपालिकाका उपप्रमुख मिना चन्दको भनाई छ । बाँझो जमिनलाई उर्वर कसरी बनाउने भन्ने बारेमा स्थानीय सरकाले योजना बनाउनुपर्ने उहाँको भनाई छ । स्थानीय तहमा भएका खेतियोग्य जमिनलाई संरक्षण गरि ति जमिनहरुबाट व्यक्तिलाई चाहिने सन्तुलित भोजन उत्पादन गर्न तर्फ स्थानीय सरकारको ध्यान जान सके खाद्य अभाव सम्बन्धि समस्या कम हुने दोगडाकेदार गाँउपालिकाका उपाध्यक्ष पार्वती काकीको भनाई छ । 


बैतडीका नगर तथा गाँउपालिका उपाध्यक्ष र जिल्ला समुन्वय समितिका उपप्रमुख सहभागि रहेको उक्त अभिमुखिकरण कार्यक्रममा खाद्य अधिकारका सवाल र जिल्लामा खाद्यान्नको उपलब्धता लगायतका बारेमा याक नेपालका देवि खनाल र गिता खत्रिले सहजिकरण गर्नुभएको थियो ।  याक नेपाल नामक संस्थाले प्रदेश ७ का सबै जिल्लाहरुमा खाद्य अधिकारका क्षेत्रमा काम गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै