2026-09-13 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

नयाँ शैक्षिकसत्र सुरु भएको दुइ महिना हुनैलाग्दा सर्लाहीमा पुस्तक अभाव

जेठ ७, सर्लाही | सर्लाहीका सबैजसो नगरपालिका र गाउँपालिका का विद्यालयहरुमा जेठ महिना लाग्दा समेत पाठ्यपुस्तकहरु पर्याप्त मात्रामा पुग्न सकेको छैन् । 

कतिपय विद्यार्थीहरु पाठ्यपुस्तकको अभावमा विद्यालय गईरहेका छैनन् भने कोही गइहाले पनि विधालयको पुरा घण्टी पढाई हुँदैन ।यसको मुख्य कारण पाठ्यपुस्तकको अभाव रहको अविभावकहरुले बताएका छन् । अघिल्लो वर्ष सम्म विद्यालयले नै पाठ्यपुस्तक वितरण गर्दै आए पनि यस वर्ष देखि कतिपय नगरपालिका र गाउँपालिकाले आफै पाठ्यपुस्तक वितरण गर्ने भए पछि यस भित्र हुने आर्थिक चलखेल र कमिसनको कारण नयाँ शैक्षिक सत्र सुरुभएको महिना दिन भन्दा पनि बढी भइसक्दा अहिले सम्म विद्यार्थीहरु पुस्तक विहिन छन् , अविभावकहरुको आरोप छ । 

जिल्लाका सुगम मानिने सदरमुकाम मलंगवा ,बागमती, हरिवन, लालबन्दी ,बरहथवा र ईश्वरपुर, जस्ता नगरपालिकामा पनि पाठ्यपुस्तकको सेट अहिले सम्म नपुगेको नेपाल शिक्षक संघ हरिवनका सचिव शिक्षक नेत्रविक्रम कार्कीले बताएका छन् । यस विषयमा स्रोत केन्द्रका स्रोत व्यक्तिहरु सँग बुझ्दा शिक्षाको अधिकार स्थानिय सरकारमा आए पछि विद्यालयका कतिपय क्रियाकलापमा नगरपालिकाले नै हस्तक्षेप गरेका कारण पाठ्यपुस्तकमा ढिलासुस्ती भएको बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन सर्लाहीका अध्यक्ष नेरेन्द्र यादवले ,“ पाठ्यपुस्तक समयमा नपुगेको स्विकार गर्दै झन् बोर्डरतिरका गोडैता र बलरा नगरपालिकामा पाठ्यपुस्तक पुगेकै छैन।यो सब नगरपालिकाको कमिकमजोरी ले गर्दा भएको उहाँले भन्नुभयो । यदि शैक्षिक सत्र शुरु हुनु पहिलै विद्यालय र नगरपालिका बीच समन्वय गरिने हो भने समास्याको हल निकाल्न सकिन्छ यसरी समयमा पाठ्यपुस्तक नपुगेर बालबालिकाकोहरुको पठार्ईमा बाधा उत्पन्न हुदैन थियो ,अध्यक्ष यादवले भने ।

नगरपालिकाले अहिले सम्म लगेको पाठ्यपुस्तकको भुक्तानी नगरेकाले थप पाठ्यपुस्तक ल्याउन नसकेको पुस्तक विक्रेताहरुले बताएका छन् । उता जनक शिक्षा सामग्री केन्द्र जनकपुरले सबै पाठ्यपुस्तकहरु उपलब्ध भैसकेको र स्टकमा पनि पर्याप्त पाठ्यपुस्तक रहेको जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन