२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी कांग्रेसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान

२०७५, ७ जेष्ठ सोमबार ०२:०३

जेठ ७, गुल्मी | गुल्मी काँग्रेसले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानकोे दोस्रो चरणको कार्यक्रममा महिला संघका कार्यकर्तामार्फत सामाजिक विकृति विसंगतिविरुद्ध जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिएको छ । 

पाँचाँै हप्तादेखि नेपाली काँग्रेस गुल्मीले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानमा पार्टीका प्रतिनिधि एवं भ्रातृ संस्था महिला संघको सक्रियतामा जिल्लाको सिमलटारी, शान्तिपुर, शृंगा, वामीटक्सार, तम्घासलगायतका स्थानमा सामाजिक विकृति विसंगतिविरुद्ध अभियानअन्तर्गत जातीय विभेद, बाल शोषण, घरेलु हिंसा बन्द गर, जाँडरक्सी नियन्त्रण, सामाजिक विभेदको अन्त्य गरौँ, दाइजो प्रथाको अन्त्य गरौँजस्ता विभिन्न नारा लेखिएका प्ले कार्डसहित ¥याली र कोणसभा गर्दै जनचेतनामूलक कार्यक्रम गरिएको र त्यसबाट गाउँ गाउँमा राम्रो प्रभाव परेकाले यसलाई निरन्तरता दिँदै जाने पार्टीका महिला विभाग प्रमुख अमृता कुँवरले बताउनुभयो । 

पार्टीकी जिल्ला सचिव विष्णुकुमारी सापकोटाले महिला हिंसाको मुख्य कारक भनेकै जाँडरक्सी भएकाले मदिरा सेवन नियन्त्रण गर्न जिल्लाभर चेतनामूलक अभियान सञ्चालन गरिएको र पहिलो चरणमा दलित र गरिबको नजिक पुगेर उनीहरुका जीवन पद्धतिका बारेमा अध्ययन गरेर सामाजिक कुरीति र विभेदको अन्त्य गर्न अभियान केन्द्रित भएको बताउनुभयो । 

सचिव सापकोटाले गाउँ टोलको नाम समेत दलित समुदायको उपहास गर्ने गरी नामाकरण गरिएको कतै कामी टोल, कतै दमाइ र सार्की टोल त कतै धोवी र कुमालजस्ता नामाकरण गरेर उपहास गरिएकोले अब ती गाउँ टोलको नामलाई सुधार गरेर सुन्दर नामाकरण गर्ने बताउनुभयो । 

गुल्मी काँग्रेसले दोस्रो चरणको अभियानमा ९३ वटै वडामा ५० दिने महाभियानअन्तर्गत विभिन्न कार्यक्रमसहित अभियान सञ्चालन गरेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते