2026-07-27 07:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका सचिव कुट्ने कांग्रेस सभापतिले आफ्नो गल्ती स्वीकार गर्दै जरिवाना दिए

प्रेम सुनार/जेठ १० गुल्मी ।  हिजो विहान आफ्नै पार्टीको सचिव कुट्ने  नेपाली कांग्रेस मुसिकोट नगर सभापति सुदर्शन शाक्यले गल्ती स्वीकार गर्दै  उपचार गर्च सहित  मुसिकोट नगर कार्यसमितिका सचिव खगेश्वर सापकोटालाई हिजो विहान करिव ८ वजेको समयमा सभापति शाक्य, उनका भाईहरु संसार   र सन्तोष शाक्य सहित  तिन भाई  पुगेर सापकोटालाई घरबाटै थुतेर कुटेका थिए ।

हिजै वामीटक्सारबाट थप उपचार र न्यायका लागि सदरमुकाम तम्घास आएका सापकोटाले जिल्ला प्रहरी कायालय गुल्मीमा उजुरी दिएका थिए । सोही अनुरुप हिजै देखि नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा मिलाउने  प्रयास भएको थियो ।  श्रोतका अनुसार जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले नगरसभापति शाक्यलाई थुर्न–थुरेका थिए । त्यस वेला शाक्यले मैले गर्नै नहुने गल्ती गरेछु , एक पटकलाई माफ गर्नु भनेका थिए ।  

जवाफमा सापकोटाले त्यसो भए  भिडियो खिचेर सार्वाजानिक मिडियामा जाने गरी ५० चोटी कान समातेर उठवस गर्नुस भनेका थिए । शाक्य भन्छन त्यसरी भिडियोमा खिच्ने गरी शाक्यले नमाने पछि आज जिल्ला प्रहरीमा गल्ती स्वीकार गर्दै ५० हजार जरिवाना, तत्कालको उपचारका लागि २५ हजार र थप उपचार खर्च ब्यहोर्ने गरी मिलापत्र गरिएको हो ।  घाईते सापकोटाले थपे–‘ त्यो ५० हजार जरिवाना रकम मैले लिन चाहिन ,  त्यस रकम वरावरको  प्रोजेक्टर नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा  खरिद गर्नका लागि दिएको छु ।’

मिलापत्रमा शाक्य बन्धुहरुको तर्फबाट भनिएको छ –‘एउटा सानो कुरामा अञ्जानबस गल्ती भएको र आगमी दिनमा  यस्तो  गल्ती गर्ने छैनौं । ’  सापकोटाले कोही शरण पर्न आउँछ भने आफु मरण हुन नहुने भावना अनुसार आफुले सार्वजानिक अपराधको मुद्धा दर्ता नगराई मिलापत्र गरिएको बतााए ।

अघिल्लो अधिवेशनबाट नगर सचिव भएका सापकोटालाई  तपाई कसरी सचिव हुनु भयो ? भनेर कांग्रेस नेताहरुले भनिरहँदा सापकोटाले चोटिलो जवाफ दिदै भनेका थिए–‘ म अधिवेशनबाट निर्वाचित सचिव, मैले  त्यो पदबाट राजिनामा दिएको वा   मागेको छु ? मलाई पार्टीको विद्यान अनुसार अधिवेशनले फाल्नु पर्छ वा मैले राजिनामा दिनु पर्छ कि त विद्यान अनुसार नै पार्टीले फाल्न सक्नु पर्छ  , खै मलाई कसले हटायो ? म अधिवेशन नभए सम्म मुसिकोट नगरको पार्टी सचिव नै छु । ’

उनी २०६३ ÷०४६ साल सम्म नेपाल तरुण दलको जिल्ला अध्यक्ष समेत रहेका थिए । 

शाक्य बन्धुहरुले चार महिना अघि पनि वामी मैदानका वावुराम परियार र उनकी पत्नीलाई पनि निर्घात कुटपिट गरी करिव ५० हजार तिर्दै आयन्दा यस्तो गल्ती नगर्ने भन्दै मिलापत्र गरेका थिए । तर त्यो घटना सेलाउन नपाउँदै फेरी  अर्को दोहराएका छन् ।

आगमी दिनमा पनि उनिहरुबाट  यस्तै खाले घटना दोहरिए वामीवासी जनता स्वतःस्र्फुत रुपमा प्रतिवादमा उत्रिने चेतावानी मुकिोट नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले दिएका छन् । ‘जनता हिजै प्रतिवादमा उत्रिने खोजेका थिए’–काफ्लेले भने–‘हामीले राकेर मात्रै हो, आगमी दिनमा उहाँहरुबाट त्यस्तो घटना दोहरिए हामी रोक्न सक्ने छैनौं , उहाँहरुलाई यो अन्तिम मौका हो । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ