८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL सिजन ११ को फाइनलमा हैदरावाद र चेन्नईबीच भिडन्त हुँदै, कोलकाता पराजित

११ जेष्ठ २०७५, शुक्रबार १७:३५

जेठ ११, काठमाडौँ | आइपीएल सिजन ११ अन्तर्गत फाइनल खेलका लागि शुक्रबार भएको खेलमा कोलकाता नाइटराइडर्स सनराइजर्स हैदरावादसँग १३ रनले पराजित भएको छ | यस खेलसंगै आइपीएल सिजन ११ को फाइनलमा हैदरावाद र चेन्नई भिड्ने भएका छन् | आइपीएलको फाइनल २७ मेका दिन हुँदैछ | 


आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले पुरा २० ओभरको खेलमा ७ विकेट बनाएर कोलकाता नाइटराइडर्सलाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो | १७४ रनको योगफल जोड्ने क्रममा हैदरावादका लागि सर्वाधिक वृद्धिमान साहले ३५ रन जोडे भने शिखर धावन र रशिद खानले समान ३४ रन जोडे | खेलमा रशिदले नट आउट १० बलमै २ चौका र ४ छक्का प्रहार गर्दै ३४ रङ जोडेका थिए | त्यस्तै शकिव अल हसनले २८ रङ जोडे | त्यस्तै दीपक हुडाले १९ रन बनाए | हैदरावादका बाँकी खेलाडीले ८ रन भन्दा बढी जोड्न सकेनन् | हैदरावादको ७ विकेट लिने क्रममा कोलकाताका लागि कुलदिप यादवले २ विकेट लिए भने पियुस चावला, सुनिल नारिने र शिवम मावीले १/१ विकेट लिएका थिए | 


खेलमा हैदरावादले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले १६१ रन मात्र जोड्यो | खेलमा कोलकाताका लागि क्रिस लिनले सर्वाधिक ४८ रङ जोडे | उनले ३१ बलमा ६ चौका र २ चौका प्रहार गरेका थिए | त्यस्तै कोलकाताको लागि सुनिल नारिनेले २६ रन, नितिश रानाले २२ रन, रोबिन उथप्प्पाले ८ बलमा जम्मा २ रन, कप्तान दिनेश कार्तिकले ८ रन, शुभमान गीलले ३० रन, आन्द्रे रसेलले ७ बलमा ३ रन, पियुस चावलाले १२ रन जोडे | त्यस्तै शिवम मावीले ६ रन जोडेका थिए | खेलको अन्तिम ओभरमा नटआउट रही खेलेका कुलदिप यादवले नट आउट १ रङ जोडे | त्यतिबेलासम्म कोलकाताले पुरा २० ओभरको खेलमा ९ विकेटको क्षेतिमा १६१ रन मात्र जोड्न सक्यो |  

 खेलमा कोलकातालाई पराजित गर्ने क्रममा हैदरावादका लागि रशिद खानले सर्वाधिक ३ विकेट लिए, उनले २ क्याच समेत गरे भने सिद्धार्थ कौलले २ विकेट र शकिवअल हसनले १ विकेट लिए | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता