२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रदेश नं ७ को दोस्रो ठूलो पाटन विमानस्थल स्तरोन्नतिको काममा ढिलाइ

२०७५, १३ जेष्ठ आईतवार ११:५२

विनोद सिंह विष्ट/जेठ १३ बैतडी | प्रदेश नं ७ को दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल स्तरोन्नतिको काम तोकिएकै समयमै सम्पन्न नहुने संकेत देखिएको छ । 

विमानस्थल चालू आर्थिक वर्षको असार मसान्तसम्ममा कालोपत्रे गरिसक्ने हिसाबले गत भदौदेखि काम शुरु गरिएपनि पनि ढिलासुस्तीका कारण असारमा काम सम्पन्न नहुने छाँटकाँट देखिएको हो । 

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा कटिङ र फिटिङको काम सकेर सबबेसको काम भइरहेको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “असार मसान्तसम्म ठेक्काको म्याद भएकाले निर्माण कम्पनीले म्याद थपका लागि आवेदन गर्ने तयारी गरेको छ ।” अहिलेसम्म विमानस्थल स्तरोन्नति गर्ने कार्यअन्तर्गत ७० प्रतिशत काम सकिएको नागरिक उड्डयन मन्त्रालयका इन्जिनियर एवं साइड सुपरभाइजर कविता भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “ढिलो गरी काम शुरु भएको र बीचमा पानी परेकाले काममा केही ढिलाइ भएको छ”, सबबेस र बेसको काम वर्षात्भरि सक्ने हिसाबले काम भइरहेको छ । अब दशैँको आसपासमा विमानस्थलमा कालोपत्रे गरिसक्ने हिसाबले काम हुने साइड सुपरभाइजर भट्टले बताउनुभयो । 

करीब रु १३ करोडको लागतमा पाटन विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिँदै छ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ । विसं २०७२÷७३ को बजेट भाषणमा सरकारले झण्डै दुई दशकदेखि बन्द रहेको पाटन विमानस्थललाई स्तरोन्नति गरी पुनः सञ्चालन गर्न बजेट विनियोजन गरेको थियो । सोहीअनुसार गत मंसिरमा विमानस्थल सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर) तयार पारिएको थियो । 

सोही डिपिआर अनुसार विमानस्थललाई स्तरोन्नति गरी पुनः सुञ्चालन गर्न ठेक्का आह्वान गरेर काम शुरु गरिएको हो । कालोपत्रे असारमा सक्ने भनिएकामा समयमा नसकिने भएपछि स्थानीय बासिन्दा भने निराश भएका छन् । 

विकास निर्माणका काम तोकिएको समयमा सम्पन्न नहुँदा धेरै समस्या हुने गरेको उनीहरूको गुनासो थियो । 

पाटनमा २०३२ सालमा विमानस्थल निर्माण शुरु भई २०३५ सालदेखि कच्ची स्थानमै हवाई सेवा शुरु भएपनि २०५२ सालमा भने विमानस्थल बन्द भएको थियो । पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । विसं २०५८ मा तत्कालीन माओवादीले टावरमा आगो लगाएर ध्वस्त बनाएपछि विमानस्थल अलपत्र परेको थियो । 

प्रदेश नं ७ सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थलपछिको सबैभन्दा ठूलो पाटन विमानस्थल हो । नौ सय ५० मिटर धावनमार्गको लम्बाइ रहेको यो विमानस्थल सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थलका रुपमा रहेको छ । 

पाटन विमानस्थल कालोपत्रे भएर सञ्चालनमा आए यस क्षेत्रको धार्मिक पर्यटनको विकास हुने सरोकारबालाले बताए । विमानस्थल सञ्चालन भएमा भारतीय पर्यटकसमेत आउने स्थानीय दिनेश विष्टको भनाइ थियो । 

पर्यटकीय गन्तव्य बनाउन सकिने 

नेपाल सरकारले घोषणा गरेको १० नमूना शहरमध्येको एक शहरमा पर्ने पाटनमा रहेको विमानस्थल सञ्चालन हुन सके झनै पर्यटकीय गन्तव्य बनाउन सकिने भएको छ । 

प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकामको रूपमा परिचित छ । पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको सो स्थानमा नेपालकै गहिरो गुफा पत्ताल भूमेश्वर, उदयदेव मन्दिर, त्रिपुरा सुन्दरी, निङ्गलाशैनी मन्दिर, ईश्वरी गंगा धाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धामलगायत क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ । 

विमानस्थल सञ्चालनपछि बैतडीसहितका जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रको महत्व बढ्ने तथा सुदूरपश्चिमका जनताको जीवनस्तरमा परिवर्तन आउने स्थानीयवासी कपिल केसीको भनाइ थियो । विमानस्थल पुनःसञ्चालनपछि ओझेलमा परेका पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्नेछ जानकारी दिँदै उहाँले भन्नुभयो, “व्यापार व्यवसाय पनि फस्टाउने र भारतसँग सीमा जोडिएकाले भारतीय पर्यटकसमेत भित्र्याउन सकिन्छ ।” 

बैतडीमात्रै नभएर दार्चुला, डडेल्धुरा र बझाङका लागिसमेत पाटन बीचमा पर्ने भएकाले यो विमानस्थल सञ्चालन भएमा प्रदेश नं ७ का पहाडी जिल्लाका नागरिक लाभान्वित हुने स्थानीय छविराज जोशीले बताउनुभयो । दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल र बैतडीको धार्मिकस्थलको अवलोकनका लागि पर्यटक भित्र्याउनसमेत उक्त विमानस्थल सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले त्यहाँ व्यापारसमेत फस्टाउने देखिएको छ । 

बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित भएको र पाटन विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रको विकास हुने विश्वास गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा