Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-07-27 07:12 PM
काठमाडौँ - KTM

बलात्कृत भनिएको महिलालाई ३ महिनासम्म बाधेर राखेको खुलासा, यस्तो छ घटनाक्रम

प्रेम सुनार/जेठ १६ गुल्मी। हालै गुल्मीमा बलात्कृत भए भन्दै जवरजस्ती करणीको मुद्धा दाएर गरेकी गुल्मीकी एक महिलालाई ३ महिना सम्म घरमा बाधेर राखेको कुरा खुलासा भएको छ ।

आज बुधवार उक्त बलात्कृतको मुद्धामा जिल्ला प्रहरी कार्यालय पेसिमा आएकी ति महिलाले भनिन “मलाई मेरो श्रीमानले ३ महिना देखी बाधेर राख्दै आउनु भएको थियो । यहि जेठ महिनामा मात्र मलाई अलि सञ्चो भएर खोलिएको हो । म बाधेर नराख्यो कि भाग्ने, चक्कर लागेर ढल्ने भएको कारणले गर्दा उहाँले मलाई बाधेर राख्नु हुन्थ्यो ।”

उनका श्रीमान ले भने “दैनिक मजदुरीमा जाने र त्यतिकै खुल्ला राख्दा भाग्ने र चक्कर लागेर ढल्ने भएकोले उनको सुरक्षाको लागि मैले बाधेर राख्ने गर्थे र खाना खाने बेला पनि सधै नफुकाई खाना खुवाउथे । ”

उनि ५ महिना अघि मात्र पाल्पाको एक अस्पतालबाट दोस्रो विवाह गरि गुल्मीका ति पुरुषसंग आएकी हुन । उनलाई उनका पुर्व श्रीमानले आफु अस्पताल भर्ना भएका बेला छाडेर भागे पछि अलपत्र परेकि थिईन । यता गुल्मीबाट गएका ति पुरुषको श्रीमतिको २ वर्ष अघि मृत्यु भएको र उनका छोराछोरी स्याहार सुसार गर्ने कोही नभएकाले विवाह गरौ भन्ने प्रस्ताव गरेकोले उनि दोस्रो विवाह गरी गुल्मि आएकी हुन ।

उनको आर्थिक स्थिती कमजोर रहेको छ । उनको माईतिघरको झुपडि समेत गाउँबाट चन्दा उठाएर बनाईएको हो । घरमा गरिदिने कोहि नभएको र उनी बिरामी समेत भएको हुदाँ उनको माईति घरको वडाले सिफारिस पत्र बनाईदिएको हो । उनको माईतिघरको वडाले दिएको सिफारिस पत्रमा मानसिक अवस्था समेत बिग्रिएको उल्लेख रहेको छ । उनले विवाह गरी आए देखि चक्कर लागेर ढल्ने र भाग्ने गरेपछि बाधेर राख्ने गरेको बताएकी छिन । उनले आज जिल्ला प्रहरी कार्यालय पेसिमा आउने बेला उक्त कुरा बताएकी हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ