2026-10-28 03:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी कांग्रेसको महाअभियनः सेती कामीबाट उद्घाटन रामशरण महतबाट समापन

प्रेम सुनार/जेठ–२१, गुल्मी।  गुल्मी कांग्रेसले नयाँ बर्ष बैशाख १ गतेबाट सुरु गरेको ‘ नेपाली कांग्रेस गुल्मीको अभियान , गाउँ मै जाउँ गाउँ मै रमाऔं ’  ५० दिने महाअभियान आफैमा ऐतिहाँसिक बन्न पुगेको छ ।  रेसुङ्गा नगरपालिका वडा नम्वर २ की सर्वसाधरण ८१ व्र्षिया बृद्धा सेती कामीको हातबाट उद्घाटन भएको महाअभियान कांग्रेस प्रभावशाली नेता तथा पुर्व अर्थमन्त्री रामशरण महतबाट समापन भएको छ ।

आज पत्रकार सम्मेलन गरी गुल्मी कांग्रेस यो महाअभियान सुतेकाहरुलाई जगाउने काम मात्रै भएको र अव हिडाउने अभियानको थालनी गर्ने प्रतिकृया दिएको छ । हामी कांग्रेसजनहरु गाउँका गरिव दलित लगायतका पछाडी परेका वर्ग समुदाय संग टाढिएकै रहेछौं भन्ने महशुस गरियो कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले भने कांग्रेस आज सम्म यसरी निदाएर हुन्छ ?  यो अभियान सुतेका हामी कांग्रेसजनलाई जगाउने महाअभियान मात्रै बनेको छ अव हिडाएर चलायमान बनाउने अर्को अभियान छेड्दै छौ अव हामी सुतेर कदापी बस्ने छैनौं ।

केहि विपक्षी मित्रहरुले  दलित गरिवको घरमा एक दिन खाएर बसेर हुन्छ ? भनेर आलोचना गर्नु भयो र केहि विपक्षीहरुले हाम्रो अभियाानलाई महत्वका साथ लिएर चासो पनि लिनु पनि भयो समग्रमा यस महाअभियान हामीले सोचे जस्तै प्रभावकारी भएको हाम्रो ठम्याई छ श्रेष्ठले पनि यस अभियानलाई साथ दिनु हुने सर्वसाधरण देखि यहाँका सञ्चारर्कीहरु प्रति हाम्रो पार्टी आभार प्रकट गर्दछ ।

त्यस्तै कांग्रेस सचिव खिलध्वज पन्थीले यो महाअभियान आफैमा चुनौती पुर्ण भए पनि त्यो चुनौतीलाई पार गरिएको प्रतिकृया दिए ।  उनले भने–‘अझै पनि पाका कांग्रेसजनहरु रुढीवादी सोचले ग्रस्त भई रहेको बेला दलितका घरमा उनिहरुलाई  पसालेर खुवाउनु र ति दलितहरुलाई उनिहरुको घरमा पसालेर सहभोज गराउने कम चुनौतीपुर्ण थिएन । त्यस्तै  अहिले सम्म वर्जित गरिएका मन्दिरहरुमा दलितहरुलाई पसालेर सामुहि पुजा गराउनु पनि थप  चुनौतीपुर्ण यियो ।  त्यसलाई चिर्न हामी सफल भएका छौं ।’

उनले जातिपातीको विभेद गर्ने र गरिवहरुको उत्थानमा नलाग्ने ब्यक्ति अव कांग्रेस हुनै नसक्ने चेतावानी समेत दिए । कार्यक्रममा  अर्की जिल्ला सचिव विष्णुकुमारी सापकोटा , महिला विभाग प्रमुख अमृतादेवि कुँवर र अन्य जिल्ला नेताहरुले ५० दिने महाअभियानको अनुभव र अनुभुती साटासाट गरेका थिए । यस अवधीमा कांग्रेसले  पोखरी संरक्षण , चौपारी निमार्ण र सरसफाई लगायतका समाजिक कार्य पनि गरेको थिए ।

प्रत्यक्ष गरिवहरुको घरमा बसेर उनिहरुको गरिवीको कारण र निराकरणको समिक्षा गर्ने , छुवाछुछत  र लैङ्गिक विभेदको व्यवहारिक  रुपमै अन्त्य गर्ने , समाजमा रहेका मानवता विरोधी पर्थाहरु, विकृति विसंगतिहरुको अन्त्य गर्ने साथै अनियमित्ता भ्रष्टचारको निर्मुल गर्नु यस महाअभियानको मुख्य उद्देश्य रहेको थियो । यस अभियानलाई उच्च महत्व दिई कांग्रेस प्रभावशाली नेता  गोमालमान श्रेष्ठ, गगन थापा र चन्द्र भण्डारी समेत गुल्मी आएर अभियानमा सहभागि भई  गरिव दलित कै घरमा बसेर अभियान्त बनेका थिए ।

दलित गरिवको घरमा बसेर कांग्रेस नेताहरुले  राजनीति गर्न सुरु गरेपछि यस अघि सम्म  सदरमुकामका सभ्रान्त परिवारको आलिशान महलमा बास बस्ने अन्य दलका नेताहरुलाई अव त्यस्ता परिवारमा बस्न भने अलि अफ्ठ्यारो लाग्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला