Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरका किसानहरु माछापालनमा सक्रिय

२०७५, २२ जेष्ठ मंगलवार ०९:०८

जेठ २२, उदयपुर | पछिल्लो समय जिल्लाका किसान माछापालनमा सक्रिय हुन थालेका छन् । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिले सबैभन्दा बढी माछा उत्पादन कटारी, त्रियुगा नगरपालिका तथा चौदण्डीको हँडिया, सुन्दरपुर र बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमा हुने गरेको छ । 

सात वर्ष अघि नेपाली सेनाबाट अवकास लिएपछि व्यावसायिक माछापालन थाल्नुभएका कटारी– ३ त्रिवेणीका प्रेमबहादुर तामाङ अहिले वार्षिक रु ६ लाखको माछा बिक्री गर्नुहुन्छ । 

यस्तै, कटारी– ४ सिम्लेका बुद्धिबहादुर माझी स्थानीय सहकारीबाट ऋण लिएर पाँच वर्षदेखि माछापालन गर्दै आउनुभएको छ । उहाँले वार्षिक रु चार लाखसम्मको माछा बिक्री गर्नुहुन्छ । 

त्रियुगा नगरपालिका– ३ बगाहाका राजकुमार चौधरी जिल्ला कृषि विकास कार्यालय र स्थानीय सहकारी संस्थाबाट ऋण लिएर छ कठ्ठा जग्गामा माछापालन गर्दै आउनुभएको छ । उहाँले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । 

जिल्ला कृषि विकास कार्यालयका अधिकृत सतन यादवका अनुसार जिल्लामा कूल माछा उत्पादनमध्ये ६० प्रतिशत कटारी क्षेत्रमा र बाँकी उत्पादन त्रियुगा नगरक्षेत्र, बेलका, चौदण्डी नगरपालिकालगायत क्षेत्रमा हुने गरेको छ । “बजारको समस्या छैन,” उहाँले भन्नुभयो । 

कटारी क्षेत्रमा उतपदित माछा कटारी बजार तथा त्रियुगामा उत्पादित माछा गाईघाट बजारमा बिक्री गरिन्छ । अहिले झण्डै एक सयभन्दा बढी कृषकले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । जिल्लामा कूल ३७ हेक्टर क्षेत्रफलमा माछा उत्पादन हुन्छ । बिगहेड, माकुर, ग्रासहुड, कमन, मुङ्ग्री, माउर र जलकपुर प्रजातिका माछा कृषकले उत्पादन गर्ने गरेका छन् । 

लामो समयदेखि कृषकले परम्परागत रुपमा बेसार उत्पादन गर्दै आएका छन् । चौदण्डी नगरपालिकाको सिद्धिपुर क्षेत्रका कृषकले बेसार उत्पादनबाट वार्षिक रु चार लाखसम्म आम्दानी गर्न थालेका छन् । 

सावा सिद्धीपुरका हर्कबहादुर मगर बीस वर्षदेखि बेसारखेती गर्दैआउनुभएको हो । उहाँले पछिल्लो चार वर्षदेखि आधुनिक रुपमा बेसारखेती गर्न थालेपछि मनग्य आम्दानी गर्न थाल्नुभएको हो । 

विगतमा यहाँका कृषकले परम्परागत स्थानीय जातका बेसारखेती गरेर वार्षिक रु ५० हजारसम्मको आम्दानी गर्ने गरेका थिए । अहिले उनीहरुले बेसारखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । सिद्धिपुरका भगेन्द्र मगर सुगन्धा जातको बेसारखेती गरेपछि विगतको तुलनामा आम्दानीमा वृद्धि भएको बताउनुहुन्छ । 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख सरोजकान्त अधिकारी पनि सुगन्धा प्रजातिको बेसारखेती गर्न थालेपछि कृषकको आम्दानी बढेको बताउनुहुन्छ । सिद्धिपुरका २५ घरका कृषकले वार्षिक २५० बोरासम्म बेसार बिक्री गर्ने गरेका छन् । काभ्रेको बनेपाबाट नयाँ सुगन्धा प्रजातिको बेसारको बीउ ल्याएर सिद्धिपुरका ४० कृषकले बेसारखेती गरेका हुन् । उत्पादित बेसार विराटनगरस्थित गोल्छा कम्पनीले खरिद गर्ने गरेको छ । जिल्लाको ४५० हेक्टर क्षेत्रफलमा करीब सात सय मेट्रिक टन बेसार उत्पादन हुने गरेको कृषि कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो