2026-10-15 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

अबरुद्ध पृथ्वीराजमार्ग खुलाइयो

जेठ २२ धादिङ | स्थानीय गल्छी गाउँपालिकाको वडा नं ६ मा पर्ने महेशदोभान नजिकै पञ्चकन्या मन्दिरको खोल्साबाट लेदो माटोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्गमा आज बिहान अवरोध भएकामा अहिले एकतर्फी रुपमा सडक खुलाइएको छ । 

सतसट्ठी जिल्लाका यात्रु आवतजावत गर्ने उक्तराजमार्गको धादिङखण्डको सो सडकमाथि अव्यवस्थित ग्रामीण सडक र बालुवा उत्खनन हुने गर्दा रातिदेखि परेको वर्षाका कारण पहिरो खसेर पृथ्वीराजमार्गमा आवागमन ठप्प हुन पुगेको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले जानकारी दिनुभयो । 

राजमार्गमा खसेको पहिरो स्काभेटरको सहयोगले हटाएपछि बिहानदेखि एकातर्फी रुपमा सडक खुलाइएको छ । राजमार्गमा पटक पटक पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेपछि स्थायी समाधानका लागि पहल नभएको महेशदोभान निवासी इन्दिरा भण्डारीले बताउनुभयो । 

सडक अवरुद्ध हुँदा सवारी साधनमात्रै होइन सर्वसाधारणलाई समेत निकै सकस हुने गरेको छ । सडक किनारबाट पैदलयात्रा गर्न समेत नसकिने गरी लेदो माटो जम्ने भएका कारण स्थानीयवासीलाई बजारसम्म आवतजावत गर्नसमेत समस्या हुने गरेको छ । त्यसैगरी विद्यार्थी सडक छेउबाट हिँडेर विद्यालय जान र घर फर्कनसमेत नसक्ने गरी सडकमा लेदो जमेको छ । 

आवागमन ठप्प भएपछि राजधानीबाट बाहिर निस्किएका र बाहिरी जिल्लाबाट राजधानीतर्फ जाँदै गरेका सयौँ सवारी साधन बीच सडकमा रोकिँदा यात्रुको विचल्ली भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा