२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

मेयर नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा बाजुमावि प्रथम

२५ जेष्ठ २०७५, शुक्रबार ०३:५०

राम नारायण पंडित | जेठ २५, सिरहा | मिर्चैयामा भएको प्रथम मेयर नगरस्तरीय हाजिरीजबाफ प्रतियोगितामा बाजु माबि फुलबारीयाले प्रथम स्थान हासिल गरेका छन् । 

प्रतियोगितामा आधारभुत बिद्यालय राघोपुर दोस्रो र मोहन मावि मिर्चैया तेस्रो स्थान प्राप्त गरेका छन् । नगरपालिका भित्र रहेका तीनवटा मावि र तीनवटा आधाभुत बिद्यालय गरी ६ वटा बिद्यालयका सहभागिता रहेको प्रतियोगितामा आधारभुत बिद्यालय सितापुर चौथो, शारदा माबि रामपुरबिर्ता पाचौं र आधारभुत बिद्यालय मल्हनियाखोरी छैठौं भएका छन् । बिजेता बिद्याथीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र, समान्य ज्ञान, स्टेशनरी र फुटबल प्रदान गरिएको आयोजकले जनाए ।


प्रत्येक बिद्यालयबाट तीन–तीनजना बिद्यार्थीहरुलाई सहभागि गराई प्रतियोगिता गरिएको आयोजक संस्था ग्रामिण जागरण समाज धनगढीमाईले जनाए ।

ग्रामिण जागरण समाज धनगढीमाईको अध्यक्ष हिरालाल चौधरीको अध्यक्षतामा विहिबार भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादब, बिशिष्ठ अतिथिका रुपमा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडेल लगायतका सहभागिता रहेको थियो । 

नगरपालिकाका शिक्षा शाखाका बिनी बुद्धिमान दनुबार र श्रोतब्यक्ति श्याम यादबको बिशेष उपस्थितमा भएको कार्यक्रमा विषय बिशेषज्ञ तथा निर्णायक समितिको रुपमा प्रदिप साह, बिजय लामा र राम नारायण साह रहेका थिए ।   


मिर्चैया नगरपालिकाका आर्थिक सहयोग र ग्रामिण जागरण समाज धनगढीमाईको आयोजनामा प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान