2026-10-15 11:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा एकै कक्षाका २० विद्यार्थी एकाएक बिरामी

जेठ २५, धादिङ | दक्षिणी धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीस्थित बागेश्वरी मावि कक्षा ८ का २० विद्यार्थी एकै पटक बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । 

विद्यालयमा पढाइ शुरु भएपछि कक्षामा एकाएक बाहिरबाट आएको अनौठो धुवाँको गन्धसंँगै विद्यार्थी चिच्याएर कराउने र बेहोश हुने लक्षण देखिएको प्रधानाध्यापक राजन अधिकारीले बताउनुभयो । 

कक्षा ९ का दुई जनासमेत बिरामी भएकाले बैरेनीमा स्वास्थ्यचौकीमा उपचारपछि थप उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा १३ विद्यार्थीलाई भर्ना गरिएको छ । बाँकी स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएका छन् । बिरामीमध्ये एक छात्र र २१ छात्रा छन् । 

विद्यालयसँगै रहेको स्वास्थ्यचौकीले फोहोरजन्य वस्तु र म्याद नाघेका औषधि जलाएर नष्ट गर्दा निस्किएको धुवाँ विद्यालयमा गएको थियो । सोही समयमा विद्यार्थी एकाएक बेहोश भएर ढल्न थालेका थिए । धुवाँका कारण नभई अन्य कारणले विद्यार्थी बेहोश भएको स्वास्थ्यचौकीका इञ्चार्ज रामप्रसाद ज्ञवालीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो