2026-09-01 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गुल्मीमा जहाज आउँदै छ होईन, आई सक्यो…’

प्रेम सुनार | जेठ २५, गुल्मी | गुल्मीको रेसुङ्गा विमान स्थलमा आज पहिलो पटक जहाज अवतरण भएको छ ।  १८ सिट क्षमताको तारा एअरको जहाज परिक्षण उडान स्वरुप आज दिउँसो  ३ वजेर ५५ मिनेट जाँदा अवतरण भएको हो । विहान देखि जहाँज आउँदै छ भन्दै कुर्दै बसेकाहरु जहाँज आउन साथ चिच्चाएर हुटिङ्ग गरेर भन्दै थिए– जाहज आउँदै छ हैन, आई सक्यो….’  त्यस पछि थप हाँसो र हुटिङ्ग चर्किएको थियो ।

रेसुङ्गा विमान स्थलको जहाज उडानको शुभारम्भ नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले भव्य समारोका विच गरेका हुन । संयोज उनि २०६३ साल असार २५ गतेका दिन ज्ञवाली संस्कृति पर्यटन तथा नागरिक उड्नमन्त्री छँदा शिलान्यास पनि आफैले गरेका थिए । उति वेला मन्त्री भएको एक महिना मै  गुल्मीमा विमान स्थलको योजना पारेका मन्त्री ज्ञवालीले अहिले विमान स्थलको परिक्षण उडान पनि यसपाली  मन्त्राय सम्हालेको छोटो समय मै गराउन सफल भएका छन् ।

समारोहलाई सम्वोधन गर्दै मन्त्री ज्ञवालीले आजको दिन आफ्नो मात्रै नभएर सवै गुल्मेली र यसआसपासका जिल्लावासीको खुशीको नि भएको भन्दै बधाई दिएका थिए । आफु मन्त्री भएर होचुवाको भरमा रेसुङ्गा विमान स्थल  आफुले प्रशस्त अध्यान गरी धार्मिक तथा अन्य पर्यटकहरुको प्रशस्त सम्भावना देखेर योजना पारेको बताएका थिए ।

साथै मन्त्री ज्ञवालीले कालिगण्डकी कोरिडोर चिन हुँदै भारत आवत जावत गुल्मीबाटै हुने र हालै सरकारले मदन भण्डारी लोक मार्ग पनि गुल्मी हुँदै पुर्व पश्चिम आवत जावन हुने भएकोले अव गुल्मीले विकासको बेग्लै गति लिने दावी गरे ।

परिक्षण उडान अघि नै हेलिक्पटमा सोही विमान स्थालमा ओलेका मन्त्री ज्ञवाली शुभारम्भ समारोहलाई सम्वोधन गरी दिउँसै फकेका थिए । भोली आफु एशिया स्तरको थिङ्ग ट्याङकरहरुको सम्मेलनमा भाग लिन एन्डोनिशया जानु पर्ने र आजै केहि मुलुकका राजदुत संग भेटघाट गर्नु पर्ने भएको जनाउँदै अवेर सम्म पर्खिदा पनि मौसम सफा नभएका कारण उनि परिक्षण उडान नह’ँदै फर्किएका हुन ।

देशभर ५२ औं विमान स्थलका रुपमा रेसुङ्गा विमान स्थल बनेको र सवै भन्दा छोटो समयमै परिक्षण उडान भएको सोही विमान स्थल भएको नेपाल नागरिक उड्यन प्रधिकरणका महाप्रवन्धक समिर  गौतमले बताए ।

उनले  जति सक्दो छिटो ग्रावेलिङ्ग टावर लगायका वाँकी काम सकेर नियमित उडानको ब्यवस्था गरिने  प्रतिवद्धत्ता समेत जनाएका छन् । गुल्मी मै घर भएका शसस्त्र प्रहरीका महानिरक्षक शैलेन्द्र  खनालले आफु अत्यन्तै हर्षित भएको बताएका थिए ।

त्यस्तै चन्द्रगिरी केवलकार संञ्चालक चन्द्र ढकालले रेसुङ्गा विमानस्थल  संगै गुल्मीको सदरमुकाम तम्घासबाट माथी प्रशिद्ध तपोमुमी रेसुङ्गा धार्मिक क्षेत्रमा केवुलकार सञ्चालन गर्न मन्त्री ज्ञवालीको आग्रहमा आफु गुल्मी आएको र अव छिट्टै सम्भाव्यता अध्यान हुने जानकारी दिए ।

उनले केवुलकार सञ्चालनका लागि जमिन प्रशस्त चाहिने र त्यसमा स्थानियको सहयोग सम्वन्व्यको जरुरी हुने भएकोले त्यसमा रेसुङ्गा नगरपालिकाले पहल गर्न आग्रह गरेका छन् ।

रेसुङ्गा विमान स्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष मधुकृष्ण पन्तले हाल सम्म १४ करोड १७ लाख ८० हजार रुपैयाँको खर्च विवरण पेश गरेका थिए ।  विमान स्थल निर्माण कार्य यहाँ सम्म ल्याउन परिकल्पनाकार मन्त्री ज्ञवाली सहित सवै पक्षलाई धन्यवाद दिएका थिए ।  विमान स्थल सहयाक आयोजना प्रमुख दिनेश नेपालीका अनुसार हाल परिक्षण उडानका लागि ३० प्रतिशत अस्थाई सर्भिसको काम मात्रै भएको बताए ।

उनले भने–‘ नियमित उडानका लागि सवै भन्दा पहिला ग्रावेलिङ्ग हुनु पर्ने । त्यस पछि कन्ट्रोल टावर र ट्रमिनल भवन लगायतका आवश्यक संरचना बन्नका लागि अझै ४५ करोड जति खर्च आवश्यक छ । उनले थपे समस्या भनेको वजेट कै हो, सरकारले जति सक्टो छिटो दिन्छ उति छिटो काम सकिने छ ।

पोखराबाट जहाज लिएर आएका क्याप्टेनहरु सन्तोश शाह , प्रभाकरण शाह लगायतको टोलीलाई विमान स्थल उपभोक्ता समितिले स्वागत सम्मान गरेका थिए । उनिहरुले त्यहाँबाट २० मिनेटमा आई पुगेको बताए । कच्ची विमान स्थल भए पनि पानी आएको समय बाहेक नियमति उडान गर्न सकिने बताए । काठमाणडौ पुग्न यातायातमा १२ घण्टा समय लाग्ने गुल्मेलीहरुले अव जम्मा ४५ मिनेटमा काठमाण्डौ पुग्ने छन ।

यस विमान स्थलमा नियमित सेवा सुरु भए पछि छिमेकी जिल्ला अर्घाखाँची , प्युठान , पाल्पा, वाग्लुङ्ग, पर्वत सम्मका जनताहरु लाभान्वित हुने छन् । २०३६ साल देखि त्यहाँ विमान स्थलको चर्चा चलाईए पनि  कसैले अगाडी बढाउन सकेका थिएनन । २०७० सालमा कांग्रेस नेता चन्द्र भण्डारी जिते पनि त्यहाँ उनले एक पैसा रकम नहाले पछि अलपत्र परेको थियो ।

यस्तो छ विभिन्न मानिसको प्रतिकृया

जिल्ला समन्व्य समितिका  प्रमुख लक्ष्मण पराजुलीले आजको दिन आफ्नो राजनैतिक जिवनमा सवै भन्दा ठुलो खुशीको दिन भएको प्रतिकृया दिए । प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले गौरमय दिन भएको बताए ।  सवै राजनैतिक दलको तर्फबाट नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले मन्तव्य राखेका थिए ।

निर्मँण समितिका पुर्व अध्यक्ष पदम अर्यालले २०७० मा निर्वाचित मानियहरुले एक पैसा यसमा नछुट्टाई दिदा अलपत्र परेको र अहिलेको सांसद , मन्त्रीहरुले वजेट पारी दिए पछि यहाँ सम्म आउन सफल भईएको बताए । हर्षित हुँदै पुगेकी सिमिचौरकी ७४ वर्षिया बृद्धा भुमिकला पाण्डेले आफु जाहजमा चढेर छोरालाई भेटन काठमाण्डौ जाने ईच्छा जाहेर गरेर विहानै उठेर हेर्न आएको बताईन ।

गाउँमा जहाज आउने खुशीयालमा स्थानियले नाच खान गरेका थिए । समितिका अध्यक्ष पन्थको सभापतित्वमा सम्पन्न कायक्रमा  उपाध्यक्ष श्रीप्रसाद भलामीको  स्वागत मन्तव्य र सचिव अशोक थापा–(मुक्ति ) सञ्चालन रहेको थियो । ढिलो भएको भन्दै केहि दिन अघि सम्म मन्त्री ज्ञवालीको ब्याङ्ग गर्दै विपक्षीहरुले आकासमा उडेको चिलको फोटो खिचेर फेशबुकमा पोष्ट गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली