२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

स्थानिय तह फ्लोअपः मित्तव्यीतामा नमुना सरकार चन्द्रकोट र रुरु

२०७५, २८ जेष्ठ सोमबार ०६:१२

प्रेम सुनार/जेठ–२८, गुल्मी । गुल्मीका कतिपय गाउँपालिका प्रमुखहरुले मासिक सेवा लाखसम्मको गाडी चढ्दै हिडिरहेका बेला गुल्मीको एक मात्र गाउँपालिका चन्द्रकोटका प्रमुख द्रोणबहादुर खत्री हुन जसले राज्यले निर्वाचन  प्रयोजनका लागि  भाडामा चलाउन स्वीकृत दिएको गाडी सवै भन्दा पहिला फिर्ता गरेका थिए ।

अरुले त्यस यता पनि नियमित गाडी चढि रहेका छन् । त्यस्ता प्रमुखहरु मध्ये कतिपयले घरायासी प्रयोजन  समेत गरेको पाईएको छ ।  यहाँ सम्मकी विवाहमा जन्ती देखि मलामी जान समेत  गाडी प्रयोग भएका छन् । तर चन्द्रकोट गाउँपालिका प्रमुख खत्रीले अनुगमन लगायत अलि ठुलो संख्यामा गाउँपालिका भित्र र सदरमुकाम आउन परे मात्र सिमित सयका लागि भाडामा गाडी लिने गरेका छन ।

अन्यथा आफु मात्रै हिड्नु पर्यो भने उनि वसमा आवत जावत गर्ने गरेका छन् ।  प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद भण्डारी  भन्छन् उहाँ त वुटवलको बैठकमा समेत लोकल वसमा जानु हुन्छ ।  मैले पनि गाडी छाडेको उति वेलै हो, उनले भने साविकको वडा सचिवलाई दिएको मोटर साईकल चढ्ने गरेको छु ।

प्रमुख खत्री संग सम्पर्क राख्दा उनले भने–‘ गाउँपालिका प्रमुख खत्रीले भने असार २१  गते हामीले सपथ लिएका थियौ,  त्ययसको अर्को दिन मैले गाडी जिल्लामा पठाएको थिएँ ।    मित्तव्यीतका लागि हामीले कम भन्दा कम खर्चको विकल्प खोज्दै अगाडी बढेका छौं ।’

उनले थपे–‘अन्यत्र भ्रमणका खर्चहरु पनि निकै आएका छन् तर हामीले भम्रण भत्ता कसैले पनि एक पैसा खाएका छैनौ । अतिथी सत्कार जस्ता भोज भतेर, फर्निचर, कार्यलय सञ्चालनको घरबाडा  यावत व्यवस्थापनमा हामीले मित्तव्यीता अपनाएका छौ । जनताको समृद्धिका लागि आएको राज्यको वजेटमा हामी जनप्रतिनिधी र कर्मचारी कसैलाई पनि विलासी हुन दिने छैनौं ।’

उनका अनुसार गत ११ महिनाको अन्तरालमा बैठक लगायतका भत्ता वापत करिव ४ लाख खर्च भएको छ भने ईन्धन खर्च करिव ३ लाख भएको छ । हामीले यस अघि उठान गरी सकेका छौ कि ईधन खर्च चन्द्रकोटको दोव्वर गुल्मी दरवारमा भएको छ भने बैठक भत्ता तेव्वर भएको छ ।

उता रुरु गाउँपालिका प्रमुख नीलकण्ठ गौतमले पनि चत्रै महिना देखि भाडाको गाडी फिर्ता गरेर घर देखि गाउँपालिका  सम्म करिव ७ किलो मिटर दुरीमा पर्ने घर थोर्गाबाट मोटर बाटो सम्म हिडेर आउँछन र  लोकल वस कुरेर बस्छन् ।

‘केहिले काँकी चिनेजानेका मोटर साईकहरुले लिप्ट दिन्छन उनले भने धेरै जसो समय लोकल बस मै आवत जावत गर्ने गरेको छु ’– उनले भने मासिक ८७ हजार भाडा तिरेर हिड्दा खर्च बढेको पाएँ, गाडी नभई नहुने कुरा त हो तर दुरुपयोग भएको पनि पाएँ त्यसैले फिर्ता गरेको हो , तर अव असार लाग्नै लागेकोले अनुगमनका लागि एक महिना मात्र भाडामा लिन बाध्य छौं । अघि पछि चढिन्न । ’

उनले थपे ‘हामी आफु बन्न  र विलासी जिवन विताउन राजनीति गरेको होईन विशुद्ध जनताको सेव ागर्न हो’– प्रमुख गौतमले उनले भने–‘ कम भन्दा कम खर्चमा जनतालाई सेवा दिने हो , हामी सवै टिम  यस कुरामा एकमत छौं  । ’ उपप्रमुख लक्ष्मीदेवि पन्त पनि घरबाट हिडेर कार्यालय आउँछिन् । अनुगमन समितिकी अध्यक्ष रहेकी उनि सम्वन्धित वडाको मोटरसाईकल वोलाएर अनुगमनमा जान्छिन् ।

अन्य स्थानिय निकायका प्रमुख , उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरु गाउँपालिकालाई भाडा तिराएर बेग्ला बेग्लै निवास बनाए  बसेका छन । तर रुरु गाउँपालिका प्रमुख , उपप्रमुखले आफ्नो बेग्ला बेग्लै निवास बनाएका छैनन् ।  रुरुकी प्रमुख प्रशासकिय अधिकृत शरलाकुमारी पौड्याल मासिक तिन हजार  आफैले भाडा तिरे साँघुरो कोठामा बस्दै आएकी छन् ।

उनले भनिन–‘ मित्तब्यीताका लागि हामीले कायालय ब्यवस्थापन देखि हरकुरामा सजग भएका छौं । म आफ्नो जिवनशैलीलाई हिजोको स्कुले जिवनशैली भन्दा माथी बढाउन चाहन्न  र त्यसरी नै स्कुले भाई वहिनीहरु झैं साँघुरो कोठामा एउटा सामन्य पलङ्ग मात्रै राखेर बसेकी छु । हामी कर्मचारीहरुले एक पैसा पनि भ्रमण र भत्ता खाएका छैनौं । ’

त्यहाँका सुचना तथा प्रविधि अधिकृत ईश्वरी न्यौपाने भन्छन वडाहरुमा केहिले काँही हामी जानु पर्दा हिडेर जान्छौ र विचबाटोबाट सम्वन्धित वडा कै मोटरसाईकल वोलाएर काम सकेर आउँछौं ।

अन्य कतिपय  स्थानिय तहमा कार्यालयको ब्यवस्थापन र सजावट सिंहदरवारमा प्रधानमन्त्रीको कार्यालयलाई समेत पछाडी पार्ने खालको छ । कालिगण्डीकी गाउँपालिका प्रमुख वेद थापा मगरको कार्यकक्ष हेर्दा संघिय सरकारको कुनै मन्त्रालय आईयोकी भन्ने भान हुन्छ ।

तर त्यस रुरु गाउँपालिका प्रमुख , उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष सामन्य छ । उता चन्द्रकोट गाउँपालिकामा पनि सामन्य छ ।  हाल सम्म हामीले बुझेका गुल्मीका १२ वटै स्थानिय निकाय मध्ये मित्तव्यीताको हकमा चन्द्रकोट र रुरु गाउँपालिका नमुना छ ।

अन्य कुरा भने खोजी कार्य जारी छ । हामी स्थानिय तहका  राम्रो  नराम्रो दुवै कार्यको  क्रमशः प्लोअपमा छौं । कतै राम्रो वा नराम्रो जे छ सर्वसाधरणहरुले समेत हामीलाई सुचित गर्दै जानुहोला । तस्वीर टोली लगाउने रुरुका प्रमुख र नलगाएका चन्द्रकोटका प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने