२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

परिवार नियोजनको आक्रषक साधन बन्दै कपर्टी

२९ जेष्ठ २०७५, मंगलवार ०३:५८

नरी बडु | जेठ २९, बैतडी | कुनै समय गाँउमा परिवार नियोजनको कुरा गर्नै गारो थियो । परिवार नियोजनका साधनहरुको बारेमा जानकार भनेको एउटा महिला स्वयमसेविका मात्रै हुन्थे । तर पछिल्लो समय परिवार नियोजनका अस्थायी साधनहरु त्यस्मा पनि कपर्टी (आयुसिडि) प्रति गाँउका महिलाहरुको आक्रषण बढ्न थालेको छ । 

परिवार नियोजनका साधनहरुको बारेमा जानकारी नहुनु र साधन प्रयोग गर्न हिचकिचाउने, पुरुषसंग यसबारेमा खुलेर कुरा गर्न नसक्ने लगायतका कारणले यहाँका महिलाहरु अनिश्चित गर्भधारण गर्न बाध्य हुन्थ्ये तर अहिले सन्तानको रहर पुगेका यहाँका महिलाहरु धमाधम परिवार नियोजनका साधनहरु प्रयोग गर्न थालेका छन् । गएका वर्षहरुमा परिवार नियोजन गराउने दुई सय महिलाहरुको लक्ष भेट्टउन समेत मुस्किल हुने यस जिल्ला पछिल्लो समय परिवार नियोजन गराउने महिलाहरु एक हजार भन्दा पनि बढी भएको जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका परिवार नियोजन सुपरभाईजर दिल्लीरमन जोशिले बताए । 

यस वर्ष मात्रै बैतडीमा पाँच सय महिलाहरुले परिवार नियोजनको अस्थाई साधन कपर्टी र एक हजार भन्दा बढी महिलाहरुले परिवार नियोजनको साधन इम्प्लान्ट प्रयोग गरेको जोशीको भनाई छ ।

नमुना बन्दै सकार स्वास्थ्य चौकी 

हालको पाटन नगरपालिका– १ अर्थात तत्कालिन सकार गाविसमा रहेको सकार स्वास्थ्य चौकी स्वास्थ्य सेवामा नमुना बन्दै गएको छ । पुर्ण संस्थागत सुत्केरी र पुर्ण खोपयुक्त समेत घोषणा भईसकेको उक्त स्वास्थ्य चौकीको अबको लक्ष भनेको पर्ण पोषणयुक्त वडा घोषणा गर्ने रहेको स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्रराज भट्टराईले बताए । एक पछि अर्को फड्को मार्दै गएको सकार स्वास्थ्य चौकमा गएका वर्षहरुमा परिवार नियोजनका अस्थाई साधनहरु प्रयोग गर्ने महिलाको संख्या कमै थियो तर यो वर्ष परिवार नियोजनमा सकार स्वास्थ्य चौकी उत्कृट भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डक्टर गुणराज अवस्थीले जनाकारी दिनुभयो । 

स्वास्थ्य चौकीमा परिवार नियोजन गराउने महिलाहरु बढ्नुमा स्वास्थ्यचौकीका इन्चार्ज भट्टराईको महत्वपुर्ण भुमिका रहेको अवस्थीको भनाई छ । यस वर्ष मात्रै सकार स्वास्थ्य चौकीबाट १ सय ६० जना महिलाहरुले कपर्टीको प्रयोग गरेका छन् । हरेक कार्यक्रमहरु तथा गाँउमा संचालित महिला समुह र आमा समुहहरुमा गएर परिवारनियोजनको फाईदाका बारेमा जानकारी गराएकाले परिवार नियोजन गर्ने महिलाहरुको संख्यामा उल्लेख्य बृद्धि भएको स्वास्थ्यचौकी इन्चार्ज भट्टराईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ