२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

हाडनाता तथा गर्भवती बलात्कार गर्नेलाई १५ वर्ष कैद

४ असार २०७५, सोमबार १६:५०

असार ४, मलेखु | गर्भवती एक किशोरीलाई बलात्कार गर्ने बेनिघाट रोराङ गाउँपालिका – ५ का २० वर्षीय कपिल सुनार विकलार्ई जिल्ला अदालतले आज १५ वर्ष कैद गरी दोषीबाट रु २५ हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ । 

किशोरीलाई रु दुई लाख ५० हजार तत्काल क्षतिपूर्ति भराइदिन महिला तथा बालबालिका कार्यालयलाई पनि जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले आदेश दिएको छ । अभियुक्त विकले गत साल चैत २५ गते पछिल्लो तीन पुस्ताभित्रकी किशोरी बलात्कार गरेपछि प्रहरीले जाहेरीका आधारमा गत जेठ १ गते गिरफ्तार गरेको थियो । 

दोषीलाई जबर्जस्ती करणीमा सात वर्ष, गर्भवतीलाई करणी गरेकामा थप पाँच वर्ष र हाडनातामा करणी गरेकामा थप तीन वर्ष सजायँ गर्ने फैसला भएको छ । जिल्ला अदालतमा गत जेठ २२ गते दर्ता भएको मुद्दा निरन्तर सुनुवाइ गरी १३ दिनपछि आज फैसला गरिएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताउनुभयो । 

पीडित पक्षलाई न्यायको अनभूति हुने गरी अपराधीले पीडितलाई अत्यावश्यक क्षतिपूर्ति तिर्न नसक्ने अवस्थामा राज्य नै अभिभावक भएकाले महिला कार्यालयबाट क्षतिपूर्ति भराउन आदेश गरिएको सहायक जिल्ला न्यायाधिवक्ता पौडेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य