२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

जेठ २२ गतेदेखि मलेखु र बैरेनी अन्धकारमय

५ असार २०७५, मंगलवार ०८:०२

सीताराम अधिकारी | असार ५, मलेखु | नेपाल विद्युत् प्राधिकरणको लापर्बाहीका कारण धादिङ गल्छी गाउँपालिका–६ बैरेनी महेशदोभान र गजुरी गाउँपालिका–२ मलेखुबजार क्षेत्र दुई सातादेखि अन्धकारमय भएको छ । 

पृथ्वीराजमार्गको महेशदोभानबाट माझीखेत, माझीलोसे, रैकर, बराडाँडालगायत गाउँतर्फ गएका विद्युत् लाइनमा समस्या आएपछि गत जेठ २२ गते देखि सो क्षेत्र अन्धकारमय भएको हो । 

राजमार्गबाट २० मिनेटको दूरीमा रहेको बस्ती दुई सातादेखि विद्युत्विहीन हुँदा पनि कुनै पनि निकायले सहयोग नगरेको स्थानीय केशव अधिकारीले बताउनुभयो । 

माझीखेतस्थित भर्खरै सञ्चालनमा आएका बालुवा प्रशोधन उद्योगमा जोडेको विद्युत् लाइन हावा चलेको बेला एकापसमा जुध्ने भएपछि प्राधिकरणले बस्तीतर्फको लाइन काटिदिएर उद्योगमा भने नियमित विद्युत् सञ्चालन गरिदिएको छ । 

उद्योग वरिपरिका घरमा पनि बिजुली बलिरहेको छ । त्यहाँबाट २०० मिटर टाढाको बस्तीका सर्वसाधारणलाई भने टुकीको भरमा बस्नु परेका छन् । 

गाउँका ३० घर परिवार दुई सातादेखि बिजुली उपभोग गर्नबाट वञ्चित हुनुपरेपछि काटिएको लाइन जोडी दिन आग्रह गर्दै गाउँवासी दर्जनौँै पटक विद्युत् प्राधिकरण गजुरी शाखामा पुगिसकेका छन् । 

गाउँवासीले लाइन जोेडी दिन मौखिक तथा लिखित अनुरोध गरे पनि प्राधिकरणले बेवास्ता गरेको स्थानीय नमराज काराखेती बताउँछन् । विद्युत् प्राधिकरणले गाउँवासीलाई नटेरेपछि उनीहरुले गल्छी गाउँपालिका, धादिङ क्षेत्र नं १ का सांसद भूमिप्रसाद त्रिपाठी, जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत् प्राधिकरण धादिङ शाखामार्फत पनि ध्यानाकर्षण गराएका थिए तरपनि हालसम्म खासै उपलब्धि हुन नसकेको काराखेतीले बताउनुभयो । 

राजमार्गबाट गाउँतर्फ लगिएको बिजुलीको लाइन जोडिएको काठको पोल मक्किएर ढल्ने क्रममा छन् । गाउँमा रहेका काठको पोल पनि सामान्य हावाचल्दा भाँचिने डर छ, केही ठाउँमा भाँचिएको पोललाई टेको दिई अड्याएर राखिएको प्रवीन भण्डारीको भनाइ छ । 

यस सम्बन्धमा वडाध्यक्ष राजन श्रेष्ठ वडाले मात्र समस्या समाधान गर्न नसक्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले नै समस्या समाधान गर्नुपर्ने बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण गजुरी शाखाका प्रमुख तोरणकुमार पोखरेलले छिटो टोली पठाएर समस्या समाधानका उपाय खोजिने जानकारी दिनुभयो । यसअघि गाउँमा लगिएको स्टिलको पोल समेत कहाँ कसरी गाड्ने भन्ने थाहा नभएर अलपत्र अवस्थामा छ । 

यसैगरी गजुरी गाउँपालिका–२ मलेखु बजार आसपासको क्षेत्रमा पनि दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा बजारवासी मर्कामा परेका छन् । माछा बजारका रुपमा रहेको मलेखुमा विद्युत् नहुँदा माछा बिग्रने गरेको र पटकपटक विद्युत् लाइन नियमित गर्न बजारवासीले माग गर्दा बेवास्ता गरेको मलेखुका सामाजिक कार्यकर्ता तिर्थ सिलवालले बताउनुभयो । 

मलेखु बजार र आसपासका गाउँमा समेत विद्युत सेवा नपुगेको बेला बालुवा प्रशोधन मेशिनमा सञ्चालनका लागि बिजुली जोडिएपछि बजारमा समस्या आएको र ठूलो ट्रान्समिटर राख्न माग गर्दा स्थान उपलब्ध नभएको आरोप लगाउँदै विद्युत् प्राधिकरण गजुरी शाखाले काम नगरेको मलेखु बजारका रामहरि थापाले बताउनुभयो । 

मलेखुको समस्या सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण गजुरी शाखाका प्रमुख तोरणकुमार पोखरेलसँग बुझ्दा समस्याको छिटो समाधानका लागि आफूले पहल गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य