२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पाँच वर्षमा बेरोजगारी अन्त्य गर्छौ : मन्त्री बिष्ट

२०७५, ११ असार सोमबार ०७:४३

प्रेम सुनार, असार ११,गुल्मी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले यो बर्ष देशका दुई लाख युवालाई न्यूनतम रोजगार दिने बताएका छन् । गुल्मीको धुर्कोट गाउँपालिकाको शहिद स्मृति पार्ककाको शिलन्यास गर्दै मन्त्री विष्टले यस्तो बताएका हुन् । 


पछिल्लो समय श्रम र रोजगारको क्षेत्रमा ठूलो चुनौतिका बिच पनि महत्पूर्ण योजना र निर्णयहरु भएकाले केहि समयमै पूर्ण कार्यान्वयन गरिने उनले बताए ।मन्त्री विष्टले स्वदेशमा रोजगारको पूर्ण ग्यारेन्टी नहुँदासम्म विदेशमा कामदारहरुलाई ढुक्क र सुरक्षित भएर काम गर्ने ब्यवस्था समेत मिलाउने प्रयास भइरहेको बताए । ‘अझै पनि गाउँ र घरको मायालाई पैतलामुनि राखेर कैँयौ युवा परदेशमा श्रम बेचिरहेका छन्’, मन्त्री विष्टले भने, ‘पाचँ बर्षभत्र बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छौ ।’

मन्त्री बिष्टले दुई छिमेकीबिचको सम्बन्धलाई जोगाएर प्रधानमन्त्री केपी ओलीले भारत र चिन भ्रमण गरेकाले थुप्रै विकासको मार्ग खुला भएको बताए । बहुमत सहितको कम्युनिष्ट सरकार प्रति नागरिकको आशा र भरोसा रहेकाले कुनै दिन पछुतो हुन नदिने बताए । ‘व्यक्तिगत स्वार्थमा देशलाई धेरैले धेरै पटक डुवाएका, त्यसैले जनताले परिवर्तनको अनुभुति समयमै गर्न पाएनन,’उनले भने,‘विकास र समृद्धि मार्फत २१ औ शताब्दीको महसुस गर्न धेरै समय लाग्दैन ।’

 धुर्कोटमा नमुना सहिद पार्कको शिलन्यास

गुल्मी क्षेत्र नम्बर २ का सासंद समेत रहेका मन्त्री विष्टले धुर्कोट गाउँपालिकाले यसै बर्षदेखि निर्माण थालेको गौरवको आयोजना ‘शहिद स्मृति पार्क’ को शिलन्यास गरेका छन् । पार्कको शिलन्यास गर्दै उनले पार्कको निर्माणसँगै यस क्षेत्रको पर्यटन विकास हुने भएकाले आर्थिक समृद्धिको ढोका खुल्ने बताए । उनले स्थानिय तहले गर्ने नमुना कार्यमा आफ्नो सधै सहयोग र साथ रहने प्रतिबद्धता ब्यक्त गरे ।


धुर्कोट गाउँपालिकाले यो बर्ष गाउँपालिकाभित्रका चारवटा सहिदको नाममा महत्वपूर्ण योजना अगाडी सारेको छ । सहिद पार्कमा चारैजना सहिदहरुको शालिक निर्माण गरिने गाँउपालिकाका उपाध्यक्ष शिव बहादुर केसीले बताए । यो सँगै गाउँपालिकाले अर्का सहिद खिमविक्रम नेपाली, विष्णु बस्नेत र जेदुराम भण्डारीको स्मृतिमा सडक तथा भवनहरु निर्माण गरिने केसीले बताए ।

नमुना गाउँपालिकाका बनाउँछौ: गाउँपालिका प्रमुख

धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले पाँच बर्षमा नमुना गाउँपालिका बनाउने बताए । उनले शहिद पार्क, धुर्कोट संग्राहालय, पिपलधारा खेल मैदान, जैसीथोक गोपेलाई नमुना बस्ती, एक टोल एक पोखरी, उत्पादनमा आधारित अनुदान, खरका छाना मुक्त गाउँपालिका, एक घर एक धारा, कृषक परिचय पत्र, पशुलाई सुत्केरी भत्ता लगायतका महत्वपूर्ण कार्यक्रम मार्फत धुर्को गाउँपालिकालाई आत्मनिर्भर र आर्थिक समृद्धि सहितको नमुना गाउँपालिका बनाउने पोखरेलले बताए । सोमबार मन्त्री बिष्टले धुर्कोट गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीसंग पनि भेटघाट गरेका छन् ।

धुर्कोट गाउँपालिकाले यसै बर्षदेखि निर्माण थालेको गौरवको आयोजना ‘शहिद स्मृति पार्क’ को शिलन्यास गर्दै मन्त्री बिष्ट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ