२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सियारीको बजेट रु ३९ करोड

१२ असार २०७५, मंगलवार ०३:१०

असार १२, बुटवल | रुपन्देही जिल्लाको सियारी गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि रु ३९ करोड नौ लाख ८६ हजार बजेट सार्वजनिक गरेको छ । 

सियारी गाउँपालिकाको तर्फबाट तेस्रो गाउँसभामा गाउँसभा उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक अमृता गुरुङले सोमबार समग्र क्षेत्रगत प्रस्तावित नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो । 

स्थानीय सरकारको नयाँ अभ्यास भएको हुनाले गल्ती कमजोरीलाई सिकाइका रुपमा लिन सम्पूर्ण सभामा उपस्थितलाई अनुरोध गर्दै सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले स्थानीय सरकारको बजेटले गाउँपालिका विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

सियारी गाउँपालिकाको कूल आय रु ३९ करोड नौ लाख ८६ हजार रहेको छ जसमा गत आवबाट आएको रु दुई करोड ५० लाख, राजश्व रु ११ करोड ५४ लाख ३३ हजार तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु १२ करोड ३४ लाख ५४ हजार आम्दानीमा राखेको छ । 

यस्तै, नेपाल सरकारबाट रु ११ करोड ८९ लाख, प्रदेश सरकारबाट रु ४५ लाख ५३ हजार रहेको छ । अन्तरसरकारी सरकारी अनुदान रु १२ करोड ७१ लाखको आय विवरण रहेको छ । 

गाउँपालिकाका अध्यक्ष अयोध्या थारुको अध्यक्षता मुख्य प्रशासकीय अधिकृत झबिलाल भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा आव जेठ मसान्तसम्मको मुख्य उपलब्धि क्रमबद्धरुपमा सार्वजनिक गरेको गाउँपालिकाले विशेष गरी विकासका उपलब्धिलाई प्रगतिका रुपमा प्रस्तुत गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य