2026-07-27 05:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सियारीको बजेट रु ३९ करोड

असार १२, बुटवल | रुपन्देही जिल्लाको सियारी गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि रु ३९ करोड नौ लाख ८६ हजार बजेट सार्वजनिक गरेको छ । 

सियारी गाउँपालिकाको तर्फबाट तेस्रो गाउँसभामा गाउँसभा उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक अमृता गुरुङले सोमबार समग्र क्षेत्रगत प्रस्तावित नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो । 

स्थानीय सरकारको नयाँ अभ्यास भएको हुनाले गल्ती कमजोरीलाई सिकाइका रुपमा लिन सम्पूर्ण सभामा उपस्थितलाई अनुरोध गर्दै सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले स्थानीय सरकारको बजेटले गाउँपालिका विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

सियारी गाउँपालिकाको कूल आय रु ३९ करोड नौ लाख ८६ हजार रहेको छ जसमा गत आवबाट आएको रु दुई करोड ५० लाख, राजश्व रु ११ करोड ५४ लाख ३३ हजार तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु १२ करोड ३४ लाख ५४ हजार आम्दानीमा राखेको छ । 

यस्तै, नेपाल सरकारबाट रु ११ करोड ८९ लाख, प्रदेश सरकारबाट रु ४५ लाख ५३ हजार रहेको छ । अन्तरसरकारी सरकारी अनुदान रु १२ करोड ७१ लाखको आय विवरण रहेको छ । 

गाउँपालिकाका अध्यक्ष अयोध्या थारुको अध्यक्षता मुख्य प्रशासकीय अधिकृत झबिलाल भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा आव जेठ मसान्तसम्मको मुख्य उपलब्धि क्रमबद्धरुपमा सार्वजनिक गरेको गाउँपालिकाले विशेष गरी विकासका उपलब्धिलाई प्रगतिका रुपमा प्रस्तुत गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल