2026-09-01 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी हुन्छन्, भैंसी ब्यापारी सुन तस्कर जतिकै धनी

प्रेम सुनार | असार १७, गुल्मी | छिमेकी जिल्ला अर्घाखाँचीमा व्राम्हणको छोराले मरेको भैसी ट्रकमा राखरे बेच्न हिडेको वेला पक्राउ परेपछि  उनि जस्ता भैसी ब्यापारीहरु बारे खोज अनुसन्धान गर्न जरुरी देखिएको छ ।

गुल्मी जिल्लामा एक समयका  कुनै एक् सुनचाँदी ब्यवसायीले सुनको भन्दा भैसीको ब्यापार ठुलो ठान्दै गाउँमा भैसी खरिद विक्रि गर्न थाले ।  पछिल्लो एक दशकमा उनको कमाई उनका पुर्खाले सुनचाँदी ब्यवसायबाट गरेको आम्दानी भन्दा कैयौै गुना बढि देखियो  । 

नाम नबताउँने सर्तमा उनि संग त्यस भैसी ब्यापारमा संग्लग्न भएका जनाले भने–‘ पाँच वटा भैसी खरिद मध्ये एउटा मोटो र अरु  मरेको वा मर्नै लागेको भए पनि  खाँटी सुकुटी बन्ने गरेका कारण भैसी ब्यापारिकको आम्दानी सुनचाँदी वालाहरुको भन्दा बढि हुन्छ ।

मुख्य भैंसी ब्यापारी जिल्ला भित्र बस्दैनन् । उसले जिल्लाका दुई चार जनालाई एजेण्ड बनाउँ छ । ति एजेण्डहरुले टोल स्तर सम्म सञ्जाल बनाउँ छन । ठाउँ ठाउँमा ति सञ्जालले ठुला खालका फ्रिजहरु राख्ने गर्दछन । त्यस्ता फिजहरुमा गाउँ  टोलमा मरेका भैसीको मासु समेत खाँदिन्छ । 

स्थानिय एजेण्डले  पाँच वटा भैसी मध्ये एक दुई वटा मोटा र अरु दुव्ला किन्न सक्यो भने एउटा  भैसी वरावरको कमिशन पाउँ छन् । एक हप्तामा त्यति गर्न सके पछि  २५ देखि ३५ हजार सम्म कमाउँ छन् । यसरी एक महिना मै  एक लाख भन्दा बढि कमाउन पाईने भए पछि राजनैतिक दलका केहि नेताहरु समेत भैसी ब्यवसायमा संलग्न रहेका छन्  । ’

माथिको तस्वीरमा: अर्घाखाँचीमा पक्राउ गरिएका  मरेका भैसीहरु | 

श्रोत थप्छ –‘उनिहरुको पहुँच प्रहरी र पशु सेवा कार्यालयका ठुला बढाहरु संग रहेको हुन्छ । स्थानिय एजेण्डले मासु वा भैसी एक ट्रिप बनाएको जानकारी पाउन साथ मध्ये रातमा गाडी पुग्छ  । जुन गाडीले एक देखि अर्को जिल्ला पास गर्छ भने उता बाट अर्को गाडी लिन आएको हुन्छ । यसरी भैसी कारोवार बढि मात्रमा रातमा हुने गर्दछ । एक स्थानको प्रहरी चौकीबाट अर्को स्थान सम्मको प्रहरी चौकी पास गराउने जिम्मा ‘सेटिङ्गवाला’ प्रहरीले लिन्छन ।

कहिले काँही सेटिङ्गवाला प्रहरीलाई अर्को घुमावा प्रहरीबाट जोखिम हुने पाईए जहाँ फ्रिजवाला सेटिङ्ग छ त्यहाँ भैसी कटान हुन्छ र प्लाष्टिकमा सुरक्षित गरेर पास गरिन्छ । गाउँ स्तरमा सुरुमा दलित समुदायलाई एजेण्डको रुपमा प्रयोग गरिन्थ्यो । तर पछि गाउँमा स्त्री जातका पशु सकिदै जान थालेको चिन्तन  र समाचारहरु आउन थाले तव काट्नलाई भैसी नदिने गर्न थाले  ।

तव पाल्ने नाममा नखाने भैसीको मासु नखाने  जातका व्राम्हण क्षेत्रीहरुलाई एजेण्ड बनाउन सुरु गर्न थालियो । जसलाई पाल्ने भैसी भनेर सजिलै पताउन थाले मानिसहरुले । तिनै मध्येका एक  पात्र हुन आज अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर २ प्रगति वजारका २१ व्र्षिय दिपक भुसाल ।

जसले ट्रकमा  राखेर मरेका भैसी बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले आज पक्राउ ग¥यो । प्रहरीले उनिबाट थुप्रै गिरोहरुको खोजी गर्न जरुरी छ । पश्चिम भेग मध्ये , स्याङ्गजा , पर्वत बाग्लुङ्ग, गुल्मी , म्याग्दी लगायतका जिल्लाका भैसीहरु पोखरा जान्छन । त्यहाँको विमान स्थल नजिकैका स्टोरहरुमा मासु कटान र सुकुटी बनाउँने काम हुन्छ ।

अनि सुन जस्तै सुकुटी जहाजमा राखेर विश्वका विभिन्न मुलुकमा तस्करी गरिन्छ ।  ति मुलुकहरुमा पुग्दा ठुला ब्यापारीहरुको कमाई सुनको भन्दा बढि हुन पुग्छ । देश भित्रका पसलहरुमा खाईने ममः बढि मात्रमा फोक्सो र बोसोबाट बनाईन्छ । सुकुटीहरु खाँदा निकै ख्याल गर्न जरुरी भएको छ ।  खाने मान्छेले ज्युँदो र  मरेको भैसीको ख्याल गर्न सक्दैन । सुन भर्सेज सुकुटी अर्थात उनिहरुको सुकुटीको कोड भाषा सुन हुने गरेको छ ।  

पोखरा तर्फका केहि ठुला भैसी ब्यापारीहरु एक डेढ दशक अघि सम्म आर्थिक रुपले टाट परेको र अहिले अरवपतिको हाराहारीमा पुगेका केहि पात्रहरु  प्नि रहेको समाचार श्रोतले बताएको छ ।  कतिपय साना मासु व्यवसायीहरुले पाडाको भनेर  पाडीको मासु वेच्ने गरेको समेत आशंका गर्न थालिएको  छ ।

जिल्लाको सदरमुकाममा त्यस्तो नपाईए पनि अन्य केहि स्थानमा त्यसरी झुक्काएर बेच्ने गरेको गरिएको छ । सदरमुकाम नजिकैका गाउँवाट भैसी तस्करी हुँदा त समातिन नगसकेको अवस्थामा विकट गाउँहरुमा स्त्री जन्य पशुहरुको गोठ रित्तिदै गएका छन् ।

परम्परा देखि भैसी पाडाको मासु खाने समुदायले स्थानिय तहमा पाउन सकेका छैनन । थारा भैसीको मुल्य लैनो भैसी जतिकै पर्न थाले पछि वाहिरी ब्यापारीहरुलाई बेच्न थालिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली