२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी हुन्छन्, भैंसी ब्यापारी सुन तस्कर जतिकै धनी

१७ असार २०७५, आईतवार १३:२६

प्रेम सुनार | असार १७, गुल्मी | छिमेकी जिल्ला अर्घाखाँचीमा व्राम्हणको छोराले मरेको भैसी ट्रकमा राखरे बेच्न हिडेको वेला पक्राउ परेपछि  उनि जस्ता भैसी ब्यापारीहरु बारे खोज अनुसन्धान गर्न जरुरी देखिएको छ ।

गुल्मी जिल्लामा एक समयका  कुनै एक् सुनचाँदी ब्यवसायीले सुनको भन्दा भैसीको ब्यापार ठुलो ठान्दै गाउँमा भैसी खरिद विक्रि गर्न थाले ।  पछिल्लो एक दशकमा उनको कमाई उनका पुर्खाले सुनचाँदी ब्यवसायबाट गरेको आम्दानी भन्दा कैयौै गुना बढि देखियो  । 

नाम नबताउँने सर्तमा उनि संग त्यस भैसी ब्यापारमा संग्लग्न भएका जनाले भने–‘ पाँच वटा भैसी खरिद मध्ये एउटा मोटो र अरु  मरेको वा मर्नै लागेको भए पनि  खाँटी सुकुटी बन्ने गरेका कारण भैसी ब्यापारिकको आम्दानी सुनचाँदी वालाहरुको भन्दा बढि हुन्छ ।

मुख्य भैंसी ब्यापारी जिल्ला भित्र बस्दैनन् । उसले जिल्लाका दुई चार जनालाई एजेण्ड बनाउँ छ । ति एजेण्डहरुले टोल स्तर सम्म सञ्जाल बनाउँ छन । ठाउँ ठाउँमा ति सञ्जालले ठुला खालका फ्रिजहरु राख्ने गर्दछन । त्यस्ता फिजहरुमा गाउँ  टोलमा मरेका भैसीको मासु समेत खाँदिन्छ । 

स्थानिय एजेण्डले  पाँच वटा भैसी मध्ये एक दुई वटा मोटा र अरु दुव्ला किन्न सक्यो भने एउटा  भैसी वरावरको कमिशन पाउँ छन् । एक हप्तामा त्यति गर्न सके पछि  २५ देखि ३५ हजार सम्म कमाउँ छन् । यसरी एक महिना मै  एक लाख भन्दा बढि कमाउन पाईने भए पछि राजनैतिक दलका केहि नेताहरु समेत भैसी ब्यवसायमा संलग्न रहेका छन्  । ’

माथिको तस्वीरमा: अर्घाखाँचीमा पक्राउ गरिएका  मरेका भैसीहरु | 

श्रोत थप्छ –‘उनिहरुको पहुँच प्रहरी र पशु सेवा कार्यालयका ठुला बढाहरु संग रहेको हुन्छ । स्थानिय एजेण्डले मासु वा भैसी एक ट्रिप बनाएको जानकारी पाउन साथ मध्ये रातमा गाडी पुग्छ  । जुन गाडीले एक देखि अर्को जिल्ला पास गर्छ भने उता बाट अर्को गाडी लिन आएको हुन्छ । यसरी भैसी कारोवार बढि मात्रमा रातमा हुने गर्दछ । एक स्थानको प्रहरी चौकीबाट अर्को स्थान सम्मको प्रहरी चौकी पास गराउने जिम्मा ‘सेटिङ्गवाला’ प्रहरीले लिन्छन ।

कहिले काँही सेटिङ्गवाला प्रहरीलाई अर्को घुमावा प्रहरीबाट जोखिम हुने पाईए जहाँ फ्रिजवाला सेटिङ्ग छ त्यहाँ भैसी कटान हुन्छ र प्लाष्टिकमा सुरक्षित गरेर पास गरिन्छ । गाउँ स्तरमा सुरुमा दलित समुदायलाई एजेण्डको रुपमा प्रयोग गरिन्थ्यो । तर पछि गाउँमा स्त्री जातका पशु सकिदै जान थालेको चिन्तन  र समाचारहरु आउन थाले तव काट्नलाई भैसी नदिने गर्न थाले  ।

तव पाल्ने नाममा नखाने भैसीको मासु नखाने  जातका व्राम्हण क्षेत्रीहरुलाई एजेण्ड बनाउन सुरु गर्न थालियो । जसलाई पाल्ने भैसी भनेर सजिलै पताउन थाले मानिसहरुले । तिनै मध्येका एक  पात्र हुन आज अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर २ प्रगति वजारका २१ व्र्षिय दिपक भुसाल ।

जसले ट्रकमा  राखेर मरेका भैसी बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले आज पक्राउ ग¥यो । प्रहरीले उनिबाट थुप्रै गिरोहरुको खोजी गर्न जरुरी छ । पश्चिम भेग मध्ये , स्याङ्गजा , पर्वत बाग्लुङ्ग, गुल्मी , म्याग्दी लगायतका जिल्लाका भैसीहरु पोखरा जान्छन । त्यहाँको विमान स्थल नजिकैका स्टोरहरुमा मासु कटान र सुकुटी बनाउँने काम हुन्छ ।

अनि सुन जस्तै सुकुटी जहाजमा राखेर विश्वका विभिन्न मुलुकमा तस्करी गरिन्छ ।  ति मुलुकहरुमा पुग्दा ठुला ब्यापारीहरुको कमाई सुनको भन्दा बढि हुन पुग्छ । देश भित्रका पसलहरुमा खाईने ममः बढि मात्रमा फोक्सो र बोसोबाट बनाईन्छ । सुकुटीहरु खाँदा निकै ख्याल गर्न जरुरी भएको छ ।  खाने मान्छेले ज्युँदो र  मरेको भैसीको ख्याल गर्न सक्दैन । सुन भर्सेज सुकुटी अर्थात उनिहरुको सुकुटीको कोड भाषा सुन हुने गरेको छ ।  

पोखरा तर्फका केहि ठुला भैसी ब्यापारीहरु एक डेढ दशक अघि सम्म आर्थिक रुपले टाट परेको र अहिले अरवपतिको हाराहारीमा पुगेका केहि पात्रहरु  प्नि रहेको समाचार श्रोतले बताएको छ ।  कतिपय साना मासु व्यवसायीहरुले पाडाको भनेर  पाडीको मासु वेच्ने गरेको समेत आशंका गर्न थालिएको  छ ।

जिल्लाको सदरमुकाममा त्यस्तो नपाईए पनि अन्य केहि स्थानमा त्यसरी झुक्काएर बेच्ने गरेको गरिएको छ । सदरमुकाम नजिकैका गाउँवाट भैसी तस्करी हुँदा त समातिन नगसकेको अवस्थामा विकट गाउँहरुमा स्त्री जन्य पशुहरुको गोठ रित्तिदै गएका छन् ।

परम्परा देखि भैसी पाडाको मासु खाने समुदायले स्थानिय तहमा पाउन सकेका छैनन । थारा भैसीको मुल्य लैनो भैसी जतिकै पर्न थाले पछि वाहिरी ब्यापारीहरुलाई बेच्न थालिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल