2026-10-15 11:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

चर्चित नायिका संचिता लुइटेलद्वारा नौबिसे एग्रो रिसोर्टको उद्घाटन

असार १८, काठमाडौँ | नायिका सञ्चिता लुईंटेलले धादिङको नौबिसेस्थित एक रिसोर्टको शुभारम्भ गरेकी छिन्। 

नायिका लुईंटेलले हालै सञ्चालनमा आएको नौबिसे एग्रो रिसोर्टको एक समारोहबिच धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यका साथमा संयुक्तरुपमा औपचरिक शुभारम्भ गरेकी हुन्। नायिका लुईंटेल र मेयर आचार्यले रिवन काटेर सो रिसोर्टको औपचारिकरुपमा शुभारम्भ गरेका हुन्।

काठमाडौंबाट गएका अतिथीका साथ स्थानिय होटल व्यवसायी तथा राजनितीज्ञका बिचमा आयोजित रिसोर्टको शुभारम्भ कार्यक्रममा बोल्दै नायिका लुईंटेलले अहिलेको समयमा अर्गानिक वस्तु र परिकारको सुविधाका साथ रिसोर्ट सञ्चालनमा ल्याइएकोमा खुशी व्यक्त गर्दै रिसोर्टमा स्थानियलाई रोजगारी दिनुपर्नेमा जोड दिइन्। 

त्यसै गरी अर्का प्रमुख अतिथी मेयर आचार्यले विविधताले भरिएको धादिङमा अर्गानिक सेवा र सुविधाका साथ यस किसिमको रिसोर्ट सञ्चालनमा ल्याइनु सुखद पक्ष भएको चर्चा गर्दै स्थानिय क्षेत्रलाई प्रोत्साहि गर्न नगरपालिकाले रिसोर्ट औपचारिकरुपमा सञ्चालनमा आउनु अघि नै नगरपालिकाका विभिन्न कार्यक्रम आयोजना गरिएको बताए। 

उनले धादिङलाई पर्यटनको आकर्षक केन्द्र बनाउन सकिनेमा जोड दिँदै यस पक्षमा यस्ता रिसोर्टले महत्वपूर्ण भूमिका खेल्ने तथा धुनिवेसी नगरपालिका सहकार्य गरेर अगाडि बढ्न तयार भएको बताए। त्यसै गरी धुनिवेसी कांग्रेस सभापति दिपेन्द्र पाठकले रिसोर्टको सफलताका लागि शुभकामना दिँदै आफ्नो क्षेत्रमा सञ्चालनमा आएको उद्योग, कलकारखाना तथा होटललाई हरेक तह र तप्काबाट साथ र सहयोग गर्नुपर्नेमा जोड दिए भने होटल व्यवसायी महासंघका केन्द्रिय सल्लाहकार लिलाप्रसाद ढकालले नौबिसे क्षेत्रमा पहिलोपटक स्तरिय रिसोर्ट सञ्चालनमा आएको बताए। रिसोर्टका अध्यक्ष तथा कार्यक्रमका सभापति खिमानन्द बस्यालले नौबिसेलाई पर्यटकिय हब बनाउने सोचले रिसोर्ट सञ्चालनमा ल्याइएको बताए।

रिसोर्टका निर्देशक बालकृष्ण पोखरेलले काठमाडौंको कोलाहलबाट मुक्त भई शान्त र मनोरम परिवेशमा रम्न चाहनेहरुका लागि धुनिवेसीमा यो रिसोर्ट सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार रिसोर्टमा केही समयपछि नै त्यहीँ फलेका अग्र्यानिक फलफुलका साथ सागलगायतका तरकारीदेखि लिएर गाईभैंसीका दुधसम्म सेवन गर्न पाइनेछ। पारिवारीक वातावरणका साथ सेवा प्रदान गरिने भनिएको रिसोर्टमा हाललाई ८ आरामदायी शयन कक्षका साथमा सेमिनार र सभा हल, रेष्टुराँ, गार्डेन रेष्टुराँ र बारको ब्यबस्था छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो