२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

चर्चित नायिका संचिता लुइटेलद्वारा नौबिसे एग्रो रिसोर्टको उद्घाटन

१८ असार २०७५, सोमबार ११:५५

असार १८, काठमाडौँ | नायिका सञ्चिता लुईंटेलले धादिङको नौबिसेस्थित एक रिसोर्टको शुभारम्भ गरेकी छिन्। 

नायिका लुईंटेलले हालै सञ्चालनमा आएको नौबिसे एग्रो रिसोर्टको एक समारोहबिच धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यका साथमा संयुक्तरुपमा औपचरिक शुभारम्भ गरेकी हुन्। नायिका लुईंटेल र मेयर आचार्यले रिवन काटेर सो रिसोर्टको औपचारिकरुपमा शुभारम्भ गरेका हुन्।


काठमाडौंबाट गएका अतिथीका साथ स्थानिय होटल व्यवसायी तथा राजनितीज्ञका बिचमा आयोजित रिसोर्टको शुभारम्भ कार्यक्रममा बोल्दै नायिका लुईंटेलले अहिलेको समयमा अर्गानिक वस्तु र परिकारको सुविधाका साथ रिसोर्ट सञ्चालनमा ल्याइएकोमा खुशी व्यक्त गर्दै रिसोर्टमा स्थानियलाई रोजगारी दिनुपर्नेमा जोड दिइन्। 


त्यसै गरी अर्का प्रमुख अतिथी मेयर आचार्यले विविधताले भरिएको धादिङमा अर्गानिक सेवा र सुविधाका साथ यस किसिमको रिसोर्ट सञ्चालनमा ल्याइनु सुखद पक्ष भएको चर्चा गर्दै स्थानिय क्षेत्रलाई प्रोत्साहि गर्न नगरपालिकाले रिसोर्ट औपचारिकरुपमा सञ्चालनमा आउनु अघि नै नगरपालिकाका विभिन्न कार्यक्रम आयोजना गरिएको बताए। 

उनले धादिङलाई पर्यटनको आकर्षक केन्द्र बनाउन सकिनेमा जोड दिँदै यस पक्षमा यस्ता रिसोर्टले महत्वपूर्ण भूमिका खेल्ने तथा धुनिवेसी नगरपालिका सहकार्य गरेर अगाडि बढ्न तयार भएको बताए। त्यसै गरी धुनिवेसी कांग्रेस सभापति दिपेन्द्र पाठकले रिसोर्टको सफलताका लागि शुभकामना दिँदै आफ्नो क्षेत्रमा सञ्चालनमा आएको उद्योग, कलकारखाना तथा होटललाई हरेक तह र तप्काबाट साथ र सहयोग गर्नुपर्नेमा जोड दिए भने होटल व्यवसायी महासंघका केन्द्रिय सल्लाहकार लिलाप्रसाद ढकालले नौबिसे क्षेत्रमा पहिलोपटक स्तरिय रिसोर्ट सञ्चालनमा आएको बताए। रिसोर्टका अध्यक्ष तथा कार्यक्रमका सभापति खिमानन्द बस्यालले नौबिसेलाई पर्यटकिय हब बनाउने सोचले रिसोर्ट सञ्चालनमा ल्याइएको बताए।

रिसोर्टका निर्देशक बालकृष्ण पोखरेलले काठमाडौंको कोलाहलबाट मुक्त भई शान्त र मनोरम परिवेशमा रम्न चाहनेहरुका लागि धुनिवेसीमा यो रिसोर्ट सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार रिसोर्टमा केही समयपछि नै त्यहीँ फलेका अग्र्यानिक फलफुलका साथ सागलगायतका तरकारीदेखि लिएर गाईभैंसीका दुधसम्म सेवन गर्न पाइनेछ। पारिवारीक वातावरणका साथ सेवा प्रदान गरिने भनिएको रिसोर्टमा हाललाई ८ आरामदायी शयन कक्षका साथमा सेमिनार र सभा हल, रेष्टुराँ, गार्डेन रेष्टुराँ र बारको ब्यबस्था छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य