2026-09-18 08:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दगातुन्डाडाको सक्न्यारमा पहिरोले खानेपानीको पाईप बगायो, पुल पनि रहेन, बिधुत समेत अवरुद्ध

कमल पौडेल/भाद्र ११, बागलुङ  । बागलुङ जिल्लाको दगातुन्डाडा गाविस वडा नं. ९ सक्न्यारमा पहिरोले खानेपानीको पाइपमा क्षति पुर्याएपछि खानेपानी पूर्ण रुपमा बन्द भएको छ ।

 pahiro

पूर्ण क्षति ग्रस्त पुल

महाभुकम्पका कारण चर्कियको पहाड फुटेर करिव ५ सय मिटर जि.आई. पाइप क्षत विक्षत हुँदा सक्न्यारका ५१ घरधुरी खानेपानीको लागी एक घण्टा लगाएर पानी वोक्न बाध्य भएका छन् ।

गत भाद्र ८ गते गएको पहिरोले खानेपानीको पाईप सहित ग्वालीचौर तथा दगातुन्डाडा जोड्ने जलजला जाने लब्धीघाटको पुल समेत पूर्ण रुपमा क्षती भएको छ । पुल भत्केपछि जलजला पुग्ने तथा स्थानिय घाँस पातको लागी समेत करिव एक घण्टाको लामो वाटो धाउनुपर्ने बाध्यता परेको छ । भने विद्यालय जाने विद्यार्थीहरु समेत लामो वाटो घुमेर हिँड्नु पर्ने भएको छ ।

  pahiro

पहिरोले पावरहाउस जोखिममा

भाद्र ८ गते पहिरोले सो क्षति पुर्याए पनि स्थानिय विहिवार मात्रै खर्वाङ प्रहरी चौकीवाट स्थलगत अनुगमन गराई सम्वन्धित निकायहरुमा खानेपानीको समस्या समधानका लागी माग निवेदन अगाडि वढाउने निर्णय गरेका हुन् । त्यसै ग्वालीचौरको एक नं. मा पर्ने सो पहाड खसेर खोला थुनिँदा तल्लो लब्दीखोला लघुजलविद्युत परियोजना समेत जोखिममा परेको छ ।

  pahiro

पावरहाउस नियाल्दै प्रहरी

पहिरोले जोखिम वढाएपछि नियमित विद्युत आपूर्ति वन्द भएको छ । जसको कारण दगातुन्डाडाका वडा नं. २, ३ र ९ का करीव २ सय २५ घरधुरी उपभोक्ताहरु अन्धकारमा वस्न बाध्य भएका छन् ।

 pahiro

क्षतिग्रस्त पाईप

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई