2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

लगातारको बन्दले बागलुङको जनजिवन कष्टप्रद बन्यो

कमल पौडेल । भदौ १४, बागलुङ (खर्वाङ) । लगातारको बन्दको मार खेपिरहेको बागलुङको जनजीवन कष्टप्रद भएको छ । शुरुका दुई दिन लगातार आदिवासी जनजाति महासंघको बन्द खेपेको बागलुङमा गत ५ दिनदेखी जिल्ला टुक्राइएको बिरोधमा अनिश्चितकालिन आमहड्ताल भएपछि जनजीवन कष्टकर बनेको हो । जिल्लाको पुर्वी भागलाई प्रदेश ४ र पश्चिम भागलाई प्रदेश ५ मा बिभाजन गरिएको बिरोधमा राजनीतिक दलहरुले आव्हान गरेको आम हड्तालका क्रममा जिल्ला सदरमुकाम र व्यापारिक केन्द्रहरुमा दैनिक प्रर्दशन गरिएको छ ।

यसै विच पहिलेका बन्दमा खासै असर नपर्ने खर्वाङ बजार यसपालीको वन्दमा भने पूर्ण रुपमा असर देखिएको छ । खासगरि आन्दोलनकारीले बागलुङको नाकाको रुपमा रहेका मालढुङ्गा र वामी टक्सार नाकालाई थप आन्दोलन शशक्तताको कडिको रुपमा लिएपछि खर्वाङ बजार आसपासको क्षेत्र प्रभावित भएको हो । बन्दको कारण आइतवार पनि शिक्षण संस्था, सरकारी कार्यालय, व्यावसाय, उद्योगधन्दा पूर्ण रुपमा वन्द भएका छन् । बन्दमा फाट्टफुट्ट पत्रकार तथा रेडक्रसका गाडिहरु मात्रै चलेका देखिन्थे । भने खर्वाङका स्थानिय व्यावसायी हरुले खर्वाङ भन्दा पश्चिमका क्षेत्र खुल्ला रहेको भन्दै आफुहरुले पनि व्यावसाय गर्न पाउनु पर्ने भन्दै वन्दकर्ता संग गुनासो पोखेका थिए ।

यसै विच आजदेखि देखि बन्द थप शसक्त हुने संकेत देखिएको छ । बुर्तिवाङ क्षेत्रमा ढोरपाटन मेलाको कारण ३ दिनको लागी खुलाइएको वन्द आज देखि समाप्त भएको र सोमवार मगरात राज्यको माग गर्दै जनजातीहरुको समेत वन्द रहेकोले बन्दको कारण सर्वसाधारणले थप सास्ती भोग्नु पर्ने देखिएको छ । लगातारको लामो वन्दको कारण विद्यार्थीहरुको पठनपाठनमा नकरात्मक असर पर्ने भन्दै वन्दको विकल्प खोज्न सरोकारवालाले आग्रह समेत गरेका छन् ।

यसै विच नेपाल मगर संघ दगातुन्डाडाले सोमवार दगातुन्डाडा का सम्पूर्ण शिक्षण संस्था, व्यापार व्यावसाय वन्द गरि सहयोग गरिदिन सम्वन्धित सवैमा आग्रह गरेको छ । पहिचान सहितको संघियताको माग गर्दै आएको मगरसंघले भोली सम्पूर्ण सरकारी कार्यालय लगाएत वन्द गर्ने नेपाल मगरसंघ दगातुन्डाडाका अध्यक्ष टंक भुजेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई