2026-07-09 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

छोटो समयमा चर्चा बटुल्दै नौलो किरण

naulo-kiranकमल न्यौपाने । नेपाली साङगितिक क्षेत्रमा नयाँ कलाकारको आगमन दिनहुँ बढीरहेको छ । कतिपय निरन्तर रुपमा लागेर आफ्नो भबिश्य बनाउन आउछन त कतिपय आफ्नो सिमित सपना पुरा गर्न । यो क्षेत्रमा हिजका दिनमा पनि थुप्रै आएका थिए र आज पनि थुप्रै आईरहेका छन । हिज आएका मध्य कतिपय यो क्षेत्रमै लागिरहेका छन त कतिपय पलायन भईसकेकाछन । पलायन हुनुको कारण उनिहरुले देखेको सपना पुरा भएर अथवा यो क्षेत्रमा टिकिरहन नसकेर । थुप्रैले भनिरहेकाछन यो क्षेत्रमा टिकिरहन निकै गाह्रो छ । टिक्नका लागि निरन्तर मेहेनत र आफुमा खुबी हुनु आवश्यक छ । अहिलेको समयमा तेस्तै मेहेनत र आफ्नो खुबी यो क्षेत्रमा देखाउन नयाँ कलाकारको आगमन भईरहेको छ । जस्मध्यका एक हुन नौलो किरण ।

Photo 1बागलुङ जिल्ला अमलाचौर गाबिस वडा नम्बर 2 कान्नेमा जन्मेका किरण हाल नेपाली साङगितिक क्षेत्रमा आफ्नो भबिश्य खोज्दै अघी बढीरहेका छन । आफ्नो अध्ययनको निम्ती काठमान्डौ छिरेका किरण पछील्लो समय गीत संगीततर्फ आफ्न पाईलाहरु लम्काई रहेका छन । बिज्ञान संकाय लिएर कक्षा १२ मा अध्ययन गरिरहेका किरण गीत लेखन र संगीतमा आफ्ना पाईला चालिरहेका छन । उनको पहिलो गीत जब पर्छ साझ,तिम्लाई सम्झी रोईरहन मन लाउछ,मलाई हिजो आज गीत यतिबेला चर्चामा रहेको छ । सो गीतमा गायक बिमल राज क्षत्री र गायिका सिता परीयारको स्वर रहेको छ । सो गीत लगत्तै अहिलेको तीजमा ढल्की ढल्की नाच्निछ,धिन्ताङ धिन्ताङ मादलु तालैमा ढल्की ढल्की नाच्निछ बोलको गीतमा लय भरेका छन । किरण अब यसैगरी निरन्तर रुपमा गीत संगीतमा लाग्ने तयारीमा जुटिरहेका छन । आफ्नो अध्ययन र यो क्षेत्रलाई अगाडी बढाउने क्रममा अब छिट्टै आफ्नै स्वरमा गीत समेत बजारमा ल्याउने तयारीमा रहेको जानकारी गराउछन । अब छिट्टै नै तीज लगत्तै किरणले आफ्नै लय तथा शब्दमा रहेको परे जालैमा बोलको गीत बजारमा ल्याउदै छन ।

गीत संगीतमा लागेर आफ्नो भबिश्य बनाउने सपना देख्दै अघी बढेका नौलो किरणलाई हाम्रोतर्फ बाट शुभकामना । यसैगरी निरन्तर रुपमा आफ्नो प्रतिभा प्रस्फुटन गर्दै अघी बढ्नको लागि हौसला मिलोस भन्न चाहन्छौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो