२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

छोटो समयमा चर्चा बटुल्दै नौलो किरण

१३ भाद्र २०७२, आईतवार १९:११

naulo-kiranकमल न्यौपाने । नेपाली साङगितिक क्षेत्रमा नयाँ कलाकारको आगमन दिनहुँ बढीरहेको छ । कतिपय निरन्तर रुपमा लागेर आफ्नो भबिश्य बनाउन आउछन त कतिपय आफ्नो सिमित सपना पुरा गर्न । यो क्षेत्रमा हिजका दिनमा पनि थुप्रै आएका थिए र आज पनि थुप्रै आईरहेका छन । हिज आएका मध्य कतिपय यो क्षेत्रमै लागिरहेका छन त कतिपय पलायन भईसकेकाछन । पलायन हुनुको कारण उनिहरुले देखेको सपना पुरा भएर अथवा यो क्षेत्रमा टिकिरहन नसकेर । थुप्रैले भनिरहेकाछन यो क्षेत्रमा टिकिरहन निकै गाह्रो छ । टिक्नका लागि निरन्तर मेहेनत र आफुमा खुबी हुनु आवश्यक छ । अहिलेको समयमा तेस्तै मेहेनत र आफ्नो खुबी यो क्षेत्रमा देखाउन नयाँ कलाकारको आगमन भईरहेको छ । जस्मध्यका एक हुन नौलो किरण ।

Photo 1बागलुङ जिल्ला अमलाचौर गाबिस वडा नम्बर 2 कान्नेमा जन्मेका किरण हाल नेपाली साङगितिक क्षेत्रमा आफ्नो भबिश्य खोज्दै अघी बढीरहेका छन । आफ्नो अध्ययनको निम्ती काठमान्डौ छिरेका किरण पछील्लो समय गीत संगीततर्फ आफ्न पाईलाहरु लम्काई रहेका छन । बिज्ञान संकाय लिएर कक्षा १२ मा अध्ययन गरिरहेका किरण गीत लेखन र संगीतमा आफ्ना पाईला चालिरहेका छन । उनको पहिलो गीत जब पर्छ साझ,तिम्लाई सम्झी रोईरहन मन लाउछ,मलाई हिजो आज गीत यतिबेला चर्चामा रहेको छ । सो गीतमा गायक बिमल राज क्षत्री र गायिका सिता परीयारको स्वर रहेको छ । सो गीत लगत्तै अहिलेको तीजमा ढल्की ढल्की नाच्निछ,धिन्ताङ धिन्ताङ मादलु तालैमा ढल्की ढल्की नाच्निछ बोलको गीतमा लय भरेका छन । किरण अब यसैगरी निरन्तर रुपमा गीत संगीतमा लाग्ने तयारीमा जुटिरहेका छन । आफ्नो अध्ययन र यो क्षेत्रलाई अगाडी बढाउने क्रममा अब छिट्टै आफ्नै स्वरमा गीत समेत बजारमा ल्याउने तयारीमा रहेको जानकारी गराउछन । अब छिट्टै नै तीज लगत्तै किरणले आफ्नै लय तथा शब्दमा रहेको परे जालैमा बोलको गीत बजारमा ल्याउदै छन ।

गीत संगीतमा लागेर आफ्नो भबिश्य बनाउने सपना देख्दै अघी बढेका नौलो किरणलाई हाम्रोतर्फ बाट शुभकामना । यसैगरी निरन्तर रुपमा आफ्नो प्रतिभा प्रस्फुटन गर्दै अघी बढ्नको लागि हौसला मिलोस भन्न चाहन्छौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली