२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङबासी सडकमानै सुते

२०७२, १९ भाद्र शनिबार ०२:४३

baglung-1

]भदौ १९, बाग्लुङ । लगातारको बन्द झेलिरहेको बाग्लुङमा आन्दोलन चलिरहेको अबस्थामा हरेका दिन बाग्लुङबासीले आन्दोलनलाई शशक्त र परिमार्जन गर्दै लगेका छन् ।

विहिबार १ सय ३५ किमि लामो मानब साङ्गो, शुक्रवार अर्धनग्न जुलुस निकाली अखण्ड बाग्लुङ जिल्लाको माग गरेका बाग्लुङबासील शनिबार सडकमानौ सुतेर अखण्ड बाग्लुङको माग गरेका हुन ।

प्रमुख दलहरुले सीमांकन सहितको ७ प्रदेश बनाउने क्रममा बागलुङ जिल्लालाई दुई प्रदेशमा टुक्राएको भन्दै बागलुङमा सडकमै सुतेर आन्दोलन गरेका हुन्। १४ औ दिन देखि हुदै आएको प्रदर्शनमा शनिबार पनि राजनैतिक दल, बुद्धिजिवी, महिला, शिक्षक, बिद्यार्थी लगाएत हजारौ सर्वसाधारण सहभागीतामा बागलुङ बजारमा विच सडकमा सुतेर आन्दोलन गरेका हुन् ।

बागलुङ जिल्लाको पूर्वी भाग एक प्रदेश र पश्चिम गल्कोट सहित ढोरपाटन क्षेत्रलाई अर्को प्रदेशमा बिभाजन गरिएको भन्दै अनिश्चितकालीन बन्दका क्रममा शनिवार विहान सदरमुकामा प्रर्दशन गरिएको हो । जिल्लाका क्रियाशिल राजनैतिक दल, तिनका भातृ सघंसस्थाका र सर्वसाधारणहरु अखण्ड बागलुङको माग गर्दै दबाब स्वरुप विच सडकमानै सुतेर आन्दोलन गरेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त कुमार श्रेष्ठले बताए ।

राजनितिक दल, उद्योगी बाणिज्य सघं, गैरसहकारी संस्था, लगाएतले बागलुङ बचाउन अभियान स्वरुप आन्दोलन गर्दै आएका छन । आन्दोलन सहित गरिएको १४ दिनदेखीको बन्दले बागलुङका उद्योग धन्दा, कलकारखाना, यातायात बैक तथा बित्तिय संस्था, शैक्षिक क्षेत्र ठप्प भएका छन । जिल्लामा भएको आन्दोलनमा अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाएको छ ।

लगातारको बन्दको सास्ती बेहोरेका बाग्लुङबासीले आन्दोलनलाई सशक्त बनाउदै लगेको अबस्थामा शुक्रबार बुर्दिवाङ क्षेत्र खुला भएको थियो । लगातारको बन्दका कारण उद्योगधन्दा कलकारखाना, शैक्षिक संस्था, बैक तथा विद्यालय बन्द हुदाँ बाग्लुङको जनजिवन निकै कष्ठकर भएको थियो ।

जनजिवन कष्ठकर बन्दै गएपछि आज आइतबार देखि बजार खुल्ला गरिने बताइएको छ । लगातारको बन्दका कारण खाद्यन्न तथा अन्य क्षेत्रमा अभाव तथा सर्वसाधरणको दैनिकीमा ठूलो असर पुगेको भन्दै आन्दोलनका कार्यक्रमलाई शशक्त बनाउँदै बजार खुला राख्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश