२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जनता र प्रहरीको सुमधुर सम्बन्धले नै शान्ति शुरक्षा कायम हुन्छ

२४ भाद्र २०७२, बिहीबार ०७:४२

कमल पौडेल/भदौ २४, बागलुङ । बागलुङ जिल्लामा हालचालै सरुवा भएर आउनु भएका प्रहरी नायव उपरिक्षक चक्र बहादुर सिंह लेजनता र प्रहरी विचको सुमधुर सम्बन्धले नै शान्ति सुरक्षा कायम हुने बताउनु भएको छ ।

जिल्लाका विभिन्न प्रहरी चौकीको अवलोकन गर्दै विहिवार मध्य पश्चिमको खर्वाङ आइपुग्नु भएका सिंहले जनता बर्दि विनाका प्रहरी र प्रहरी वर्दि सहितका जनता भएकोले सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम गर्दै सबैलाई भय रहित वातावरण निर्माणमा सवैको समान दायित्व हुने वताउनु भएको छ ।

सिंहले आफू बागलुङमा आयपछि राजनैतिक दलहरुको विचमा जिल्लाको शान्ति सुरक्षालाई मजवुद बनाउन सकारात्मक पहल भएको पाएको समेत वताउनु भएको छ । आफूले आफ्नो मातहतका सम्पूर्ण सुरक्षा निकायलाई दोसिलाई कडा कार्वाहि गर्न र निर्दोशलाई कुनै खालको दुःख नदिन निर्देशन दिएको वताउनु भएको छ ।

एक फरक प्रसंगमा जिल्लामा चाडवाड संगै यातायातका साधनले चर्को भाडा असुल्ने र व्यापारीहरुले खाद्य सामाग्रिको भाउ चर्को लिने गरेको स्थानिय वासिन्दाहरुको गुनासोलाई मध्यनजर गर्दै समस्या समाधानको लागी तत्काल पहल गर्ने वताउनु भएको छ ।

प्रहरी चौकी खर्वाङको आयोजनामा भएको सो भेटघाट कार्यक्रममा नेकपा एमाले धौलागिरि अञ्चल कमिटिका पूर्व सदस्य सुनिल शेरचन, नेपाली काग्रेस दगातुन्डाडाका सभापति सुवेदार रत्न वहादुर क्षेत्रि, एकिकृत नेकपा माओवादी दगातुन्डाडाका इन्चार्ज नारायण धिताल, रेडियो सारथीका स्टेसन म्यानेजर विष्णु भुसाल, दगातुन्डाडा गाविसका पूर्व अध्यक्ष मित्र वहादुर पुन, त्रिभुवन उच्च मावि खर्वाङ विद्यालय व्यावस्थापन समितिका अध्यक्ष शेर वहादुर पुन, वडा नागरिक मञ्च वार्ड नं. ७ का संयोजक झविलाल थापा, लगाएतले आआफ्नो धारण व्यक्त गर्नु भएको थियो ।
छलफलका क्रममा प्र.ना.उ. सिंहले खर्वाङ प्रहरीचौकीलाई स्तर उन्नतीको लागी आफुले पहल पहल गर्ने वताउनु भएको छ । स्थानियले द्धन्द्धकाल देखिनै प्रहरी चौकी स्तरउन्नती माग गर्दै आएपनि हाल सम्म सुनुवाई भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली