२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ज्ञानकुन्ज वोर्डिङको आयोजनामा शिक्षा क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान

२९ भाद्र २०७२, मंगलवार ०५:५७

gyankunja_samman

कमल पौडेल । भदौ २९, बागलुङ (खर्वाङ) । बडागाउँ ज्ञानकुन्ज वोर्डिङ स्कुल वडा गाउँ गुल्मीको आयोजनामा आइतवार खुल्ला तिजिगित प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय गुल्मीका विद्यालय निरिक्षक पिताम्वर पन्थी ले विद्यार्थीहरुलाई शैद्धान्तिक ज्ञान संगै संस्कृति सिकाउनु पर्ने वताउनु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पन्थीले संस्कृतिले देशलाई चिनाउने भन्दै संस्कृति तर्फ उन्मुख हुन सवैलाई आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै विद्यालय निरिक्षक पिताम्वर पन्थी, श्रोत व्याक्ति चुरा छन्त्याल, पत्रकारीता मार्फत शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार कमल पौडेल, रामनारायण सुवेदी तथा लक्ष्मी पौडेल, लगाएत वडागाउँ श्रोत केन्द्र व्यावस्थापन का लागी सहयोग गर्ने चन्दादाता र कार्यक्रममा सहयोग गर्ने सहयोग दातालाई पनि सम्मान गरिएको थियो ।

आठ समुहको सहभागिता रहेको खुल्ला तिजिगित तथा नृत्य प्रतियोगीतामा नवदिप युवा क्लव वडागाउँ ४ पेंगा गुल्मी प्रथम, ताराखसे युवा क्लव वामी मालारानी द्धितिय तथा जुनतारा युवा क्लव पौंदि अमराई गुल्मी तृतिय भएका छन् । कार्यक्रम बोर्डिङ संचालक समितिका सदस्य हुतानन्द घिमिरेको अध्यक्षता शिक्षक रविन वि.क.को स्वागत मन्तव्य तथा असोक सोमैको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रिन्सीपल बसन्त अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।
(तिजिगितकार्यक्रममा सम्मान गरिएका फोटोहरु तथा प्रमुख अतिथि सम्बोधन गर्दै)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ