२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पर्यटकिय महत्वको ठाउँ अर्नाकोटमा तिजमेला तथा प्रतियोगितात्मक कार्यक्रम चल्दै

१ आश्विन २०७२, शुक्रबार ०३:५१

कृष्ण कँडेल/असोज १, बागलुङ्ग । बागलुङ्गको देविस्थान–८ मा रहेको पर्यटकिय महत्वको स्थान अर्नाकोट बराथानचौरमा तिजमेला तथा विविध खेलकुद कार्यक्रम सुरु भएको छ ।

b

अर्नाकोट बराह युवा क्लवको आयोजनामा क्लवको तेस्रो बार्षिकोत्सव तथा तिजमेला वुधबारदेखि सुरु भए पनि हिजो औपचारिक उद्घाटन गरिएको हो । बराथानचौर परिसरमा रहेको धार्मिक महत्वको वराह मन्दिरमा विधिपुर्वक पुजाआजा गरि कार्यक्रमको सुरुवात गर्ने प्रचालन रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल भालिवल संघका सल्लाहकार तथा ईमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीले विकट स्थानमा रहेपनि आर्नाकोटको प्राकृतिक, धार्मिक र एैतिहाँसिक महत्व रहेको भन्दै पुर्वाधार विकाशमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आर्नाकोट क्षेत्रको विकाशका लागि सक्दो पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

कार्यक्रममा देविस्थान उच्च माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघ संयोजक लालबहादुर कुँवर लगायतले मन्तव्य राख्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि नेपालीले क्लवलाई नगद ८० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।

b1

मेलाको अवसरमा तिजगित प्रतियोगिता, भलिवल प्रतियोगिता, लोकगित प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष टेकबहादुर कुँवरले जानकारी दिनुभयो । तिजगित प्रतियोगितामा ९ समुह र भलिवल प्रतियोगितामा १७ समुहको सहभागिता रहेको छ । मेलाको अवसरमा आयोजित प्रतियोगितात्मका कार्यक्रम आजदेखि सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रम सोमवार सकिने छ ।

उच्च स्थानमा रहेको अर्नाकोट डाँडोमा ठुलो समथर भाग रहेको छ । प्राचिन कालमा त्यहाँबाट राजाले राजकाज सञ्चालन गरेको तथा साधु सन्तहरुले तपस्या समेत गरेकाले आर्नाकोट ऐतिहाँकि रुपमा पनि महत्वको ठाउँ रहेको स्थानियले बताउने गरेका छन । त्यहाँ रहेको बराह मन्दिरमा तिज, दशैँ, बैसाख पुर्णिमा, जनैपुर्णिमा लगायतका चाड पर्वमा विषेश पुजा आजा गर्ने प्रचलन रहेको छ ।

त्यहाँ प्रचिन कालमा सन्तहरुले तपस्या गरेको ‘जोगिकुटी’ भनिने ठाउँको भग्नावसेस पनि रहेको छ । त्यहाँ रहेको आर्नाकोटमा रहेको बराथनचौरलाई ढोरपाटनपछिको ठुलो समथर स्थान मानिने समाजसेवि लालबहादुर कुँवरले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष टेकबहादुर कुँवरको अध्यक्षता, वेदबहादुर कुँवरको स्वागत मन्तव्य तथा सचिब तुलप्रसाद पौडेल र पत्रकार राम सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैविच पश्चिमाञ्चल भालिवल संघका सल्लाहकार तथा ईमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीले शैक्षिक तथा भौतिक सुधारको लागि स्थानिय दुई विद्यालयलाई आर्थिक सहयोग प्रदा गर्नुभएको छ । बुतिबाङ्गमा रहेको अर्नाकोट निमावि खलबाङ्गलाई ४ कोठे भवन निर्माणको लागि १ लाख ५ हजार सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यपक धनबहादुर कुँवरले जानकारी दिनुभयो । नेपालीले यस अघिपनि ३ सेट कम्प्युटर तथा नगद गरि ६ लाख भन्दा बढी सहयोग गर्नुभएको प्रअ कुँवरको भनाई छ ।

त्यस्तै देविस्थानका स्थानिय वासिन्दा समेत रहनुभएका नेपालीले अर्नाकोट निमावि देविस्वथामा एक जना शिक्षकको लागि तलव स्वरुप मासिक ६ हजारका दरले ७२ हजार रुपैयाँ र फर्निचर खरिदको लागि नगद २५ हजार रुपैयाँ प्रदान गर्नुभएको विद्यालयले जनाएको छ । आफ्नो जन्मथलो पनि भएको र अधिकांश दलित विद्यार्थीले अध्ययन गर्ने दुवै विद्यालयको आर्थिक अवस्था समेत कमजोर भएकाले सहयोग गरेको सहयोगदाता नेपालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली