२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

संविधान निर्माण भएकोमा बागलुङ्गेले राजधानिमा खुसियाली मनाए

२०७२, ४ आश्विन सोमबार २३:३४

कृष्ण कँडेल/असोज ५, काठमाण्डौ संविधानसभाबाट नेपालको संविधान निर्माण भई घोषणा भएकोमा राजधानी काठमाण्डौमा वस्ने बागलुङ्गेले खुसियाली मनाएका छन । सिङ्गो बागलुङ्ग संघर्ष समिति काठमाण्डौको आयोजनामा त्रिचन्द्र क्याम्पसमा भएको कार्यक्तममा बागलुङ्गबाट प्रतिनिधित्व गर्ने सभासद्को उपस्थितीमा कार्यक्रम गरिएको हो । सो अवसरमा संविधान बनेको खुसियालीमा औपचारिक कार्यक्रम, नाचगान र चियापान सहित हर्सोल्लास मनाईएको थियो । बागलुङ्गवासीहरु सार्वभौम संविधानसभाबाट संविधान बन्दा जति खुसी देखिन्थे त्यो भन्दा बढी खुसी सिङ्गो बागलुङ्गलाई ४ नम्वर प्रदेशमा समावेश भएकोमा । कार्यक्रममा उपस्थित सम्पुर्ण राजधानीवासी बागलुङ्गेको अनुहारमा खुसिको रेखा प्रष्ट देखिन्थ्यो । उनीहरु मिनि नेपालको पहिचान भएको बागलुङ्गलाई ४ नम्वर प्रदेशमा राख्ने अभियानम सफल भएकोमा निकै हर्षित थिए ।

कार्यक्रममा बोल्दै सभासद् तथा नेपाली काग्रेशका केन्द्रिय सदस्य रत्ना शेरचनले नयाँ संविधानले सम्पुर्ण नेपालीहरुको अधिकार सुनिष्चित गरेको भन्दै अव कार्यान्वयनमा जुट्नुपर्ने बताउनुभयो । शेरचनले नेपालको संविधान २०७२ दक्षिण एसियामै उत्कृष्ट रहेको बताउनुभयो । सभासद् शेरचनले बागलुङ्गवासीको आन्दोलन र सभासद्को दवावले सिङ्गो बागलुङ्गलाई प्रदेश नम्वर ४ मा राख्न सफल भएको बताउनुभयो । उहाँले जनताले निर्वाचि गरेर आफुलाई दिएको जिम्मेवारी पुरा गर्न पाएकोमा सवैभन्दा खुसि लागेको बताउनुभयो ।
सभासद् नरबहादुर थापाले सम्पुर्ण बागलुङ्गवासी एकजुट भएकै कारण मिनि नेपालको पहिचान भएको बागलुङ्गलाई सिङ्गो राख्ने सपना साकार भएको बताउनुभयो । उहाँले अव जिल्लाको विकाशमा पनि सवै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । थापाले जताका प्रतिनिधि र जिल्लावासीको माग वुझेर संसोधन प्रश्ताव मार्फत सम्वोधन गरेकोमा मुख्यदलका शिर्ष नेताहरुलाई समेत धन्यवाद दिनुभएको थियो ।

सभासद् प्रकाश शर्मा पौडेलले नयाँ संविधानमा सम्पुर्ण नेपालीका अधिकार प्रतिविम्वीत भएको भन्दै संविधान बन्नु नेपाल र नेपालीका लागि एैतिहाँसिक उपलब्धि भएको बताउनुभयो । सभासद् पौडेलले संविधानको कार्यान्वयन तर्फ संकेत गदै नेपालको भावि रुपरेखाको बाटो बनेको र त्यसमा हिँडेर गन्तव्यमा पुग्न वाँकी नै रहेको बताउनुभयो ।

सभासद्हरुले सडक आन्दोलन देखि नेतालाई घच्घचाउने सम्मको अभियानले पुर्णता भएको भन्दै बागलुङ्ग टुक्रिएको अवस्थामा जनताले सभासद्को भुमिको प्रती उठाएको प्रश्नमा सहि निर्णयमा पुग्न पहल गर्न सकेकोमा बास्तवमै जनताको प्रतिनिधि भएको सावित गर्न सकेको दावि गरेका थिए । अभियानमा सम्पुर्ण बागलुङ्गवासी तथा धौलागिरीका सम्पुर्ण सभासद्को समर्थन रहिको भन्दै उनिहरु प्रतिपनि आभार व्यक्त गरेका छन ।

उद्योग बाणिज्य संघ बागलुङ्गक सदस्य सञ्जयकुमार श्रेष्ठले सिङ्गो बागलुङ्गलाई प्रदेश नम्वर ४ मा पार्न सफल भएकोमा खुसि व्यक्त गर्दै अव एैतिहाँसिक, संस्कृतिक तथा प्रकृतिक पहिचान भएको गलकोटलाई निर्वाचन क्षेत्र बनाउँदा एउटै बनाउने अभियान सुरु गर्नुपर्ने बतउनुभयो । उहँले भौगोलिक रुपमापनि एकत्रित भएको गलकोट यसअघि खण्डीत गरिएकोमा रोश प्रकट गर्नुभयो ।

कार्यक्रममा नखिवोट माहिला विकाश मञ्चका अध्यक्ष श्रीमायाँ श्रीस, त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति विष्णुृ पौडेल र वाल्मिकी क्याम्पसका पुर्व सभापती लक्षमण आचार्यले बागलुङ्गको पहिचान वचाउन सकेकोमा खुसि व्यक्त गरेक थिए ।

सिङ्गो बागलुङ्ग संघर्ष समिति काठमाण्डौका संयोजक मञ्जेशवम मल्लले सार्वभौम संविधानसभाबाट प्रगतिशिल संविधान आउनु स्वागतयोग्य भएकोमा खुसियाली बाँड्दै सवैमा शुभकामना ब्यक्त गर्नुभएको थियो । संयोजक मल्लले सिङ्ग बागलुङ्ग बचाउ अभियानमा लाग्नुहुने जिल्लावासी, सभासद् तथा मागको सम्वोधन गर्ने शिर्ष नेतालाई धन्यवाद दिनुभएको थियो ।

सिङ्गो बागलुङ्ग संघर्ष समिति काठमाण्डौका संयोजक मञ्जेशवम मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी नेता डिल्लिराम सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की