2026-07-11 12:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दगातुन्डाडा पर्यटकिय पदमार्ग निर्माणको लागी समिति गठन

कमल पौडेल/ असोज ५, बागलुङ (खर्वाङ) । दगातुन्डाडा गाविसको वार्ड नं. ९ सक्न्यारमा वार्ड भेला सम्पन्न भएको छ । भेलाले वार्ड भित्र मोटरवाटो निर्माण गर्दा भएको झण्डै २० लाख रकम मध्य अझै चार लाख ७८ हजार ऋण रहेको पारित गरेको छ । त्यस्तै मोटर वाटो वर्षाको समयमा कतिपय स्थानमा भत्किएको र वाटो ले समेत क्षेति पुगेको स्थानको लागी जिल्ला भू संरक्षण कार्यालयमा सम्झौता गर्ने गर्ने र जाली माग गरि मर्मत गर्ने निर्णय गरेको छ । जसको लागी अध्यक्ष झगर सिंह सलामी र ढालेन्द्र शेरचनलाई जिम्मा दिने निर्णय गरेको छ । त्यस्तै वार्ड भित्रको प्रत्येक घर परिवारवाट २ हजारका दरले नगद जम्मा गरी मोटरवाटो मर्मत गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै एक अर्को भेलाले दगातुन्डाडा पर्यटकिय पदमार्ग निर्माण गर्नको लागी समिति गठन गरेको छ । समितिको अध्यक्षमा प्रेम पुन, उपाध्यक्षमा भक्त वहादुर बलामी, सचिव ढाल प्रसाद शेरचन, सहसचिव वालकृष्ण भुसाल, कोषाध्यक्ष द्रोपति पुन, तथा सदस्यहरुमा लोके सुनार, कलावति पुन, अमृता श्रीस, विना वुढाथोकी रहनु भएको छ । त्यस्तै भेलाले भक्त वहादुर सलामीको संयोजकत्वमा ५ सदस्यिय अनुगमन समिति पनि गठन गरेको छ । जसको सदस्यमा झगरसिंह सलामी, सदस्य मन वहादुर थापा, हिरालाल घर्ति, धन वहादुर श्रीस रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित