२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नयाँ संविधान निर्माण भएको खुसियालीमा ठाउँ ठाउँमा र्याली

२०७२, ४ आश्विन सोमबार २३:३७

कमल पौडेल/ असोज ५, बागलुङ (खर्वाङ) ।  नयाँ संविधान निर्माण भएको खुसियालीमा आज खर्वाङमा संविधान उत्सव मनाइएको छ । दगातुन्डाडामा क्रियाशिल राजनैतिक दलहरुको अगुवाईमा पञ्चैवाजा सहितको र्यालीले डिखोला हुँदै खारपानी वाट फर्कि खर्वाङ वजार परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो ।

सयौंको सहभागिता रहेको र्याली पछिको को कोण सभामा वोल्दै वक्ताहरुले नयाँ संविधानले दिगो विकासको आधारशिला खडा गरेको वताउदै संविधान कार्यान्वयनको विषय चुनौतिपूर्ण भएको ले सजक रहनुपर्ने वताएका थिय । छिमेकि देश भारत प्रति इंकित गर्दै वक्ताले नेपाली आफ्नो निर्णय गर्न आफै सक्षम भएको भन्दै अनावश्यक हस्तक्षप वन्द गर्न र एकतावद्ध ढंगले अगाडि वढ्न नेतालाई सुझाएका थिए । कार्यक्रममा नेपाली काग्रेसका दगातुन्डाडा सभापति रत्न वहादुर क्षेत्रि, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य विष्णु भुसाल, एकिकृत नेकपा माओवादीका कासिराम वि.क., राष्ट्रिय जनमोर्चाको तर्फवाट अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष भिमसेन वन ले मन्तव्य व्यक्त गरेका थिय । कार्यक्रम पत्रकार कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

sambidhan ma khusi 1

त्यस्तै बागलुङको रिघामा पनि संविधान उत्सव मनाइएको छ । रिघाको माथिल्लो भेगमा र्यालीले परिक्रमा गरि कोण सभामा परिणत भएको देव वि.क. ले जानकारी दिनुभएको छ । त्यस्तै ग्वालीचौरमा पनि संविधान उत्सव मनाइएको छ । वार्ड नं. १ न्वार वाट सुरु भएको पञ्चैवाजा सहितको र्यालीले खार वजार परिक्रमा गरि खौलारमा कोण सभामा परिणत भएको थियो ।

sambidhan ma khusi 2

कार्यक्रममा नेपाली काग्रेसका गाउँ कार्य समिति सभापति अर्जुन प्रसाद खरेल, एमालेका गाउँ कमिटि अध्यक्ष कमल राज आचार्य, एकिकृत नेकपा माओवादीका गाउँ कमिटि इन्चार्ज कलाधर घिमिरे ले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन नेकपा एमाले क्षेत्रिय सचिव सुदर्शन भुसालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की