Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

महोत्तरीको जंघानदीको पुल उच्च जोखिममा, सवारीसाधन आवागमनमा रोक

By kit

असार २३, महोत्तरी | महोत्तरीको औरही र गौशाला नगरपालिकाको सीमामा पर्ने जंघानदीको पुल उच्च जोखिममा भएपछि ठूलो सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

गतसाता नदीमा आएको भीषण बाढीले पुलको पूर्वीखण्डको दायाँबायाँ छेउको माटो कटान गरिएपछि पुलबाट सवारीसाधन चलाउनमा रोक लगाइएको हो ।

सो पुलको १ नं पिलरको अवस्था कमजोर भएपछि ठूलो सवारीसधान पूर्णरुपमा रोक लगाएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पुलबाट टेम्पो, जीप लगायतका स–साना सवारीसधान चलाउनको लागि अनुमति दिएको तर ठूलो सवारीसाधनलाई खोलाबाट डाइभर्सन बनाएर ओहोरदोहोर गराउँदै आएको छ ।

त्यस्तै नदीमा पानी आएको खण्डमा औरहीबाट गौशालातर्फ आउने ठूलो सवारीसाधन बर्दिवास भएर आउने वातावरण मिलाइएको छ ।

एक सय ४९ मिटर लम्बाइ रहेको सो पुलबाट बर्दिवास जलेश्वर, सडकखण्डको साथै सर्लाहीको मलंगवासम्म जानको लागि सहज हुने भएकाले अधिकांशको लागि यो सडकखण्ड नै पहिलो रोजाइमापर्ने गरेको छ । रासस