२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पत्रकार महासंघ बागलुङ्गका अध्यक्ष राजभण्डारी सशक्त लेखन पत्रकारीता पुरस्कारबाट सम्मानित

६ आश्विन २०७२, बुधबार ०५:१७

कृष्ण कँडेल, असोज ६, काठमाण्डौ । नेपाल पत्रकार महासंघ बागलुङ्ग साखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी सशक्त लेखन पत्रकारीता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

baglung1
अध्यक्ष राजभण्डारी प्रेस काउन्सिल नेपालको ४६ औँ बार्षिकोत्सवको अवसरमा काउन्सिले प्रदान गर्ने राष्ट्रिय पुरस्कार ‘सशक्त लेखन पत्रकारीता पुरस्कार’ बाट सम्मानित हुनुभएको हो । आज काठमाण्डौको तिलगंगा स्थित एयरपोर्ट होटेलमा भएको काउन्सिलको बार्षिकोत्सव समारोहमा प्रधानन्यायाधिस काल्याण श्रेष्ठले अध्यक्ष राजभण्डारीलाई सम्मान गर्नुभएको हो ।

baglung2
सम्मानित भएपछि उहाँले पत्रकारिता जीवनमा पाएको पहिलो राष्ट्रिय पुरस्कारले आफुलाई थप जिम्मेवारीवोध र उत्साहित बनाएको प्रतिक्रिया दिनुभयो । अध्यक्ष राजभण्डारीले बागलुङ्गकै माटोमा जन्मिएर नेपालको न्याय सेवाको सर्वाेच्च पदमा पुग्न सफल हुनुभएका प्रधानन्यायाधिस कल्याण श्रेष्ठको हातबाट सम्मानित हुन पाउँदा धेरै खुसी भएको भन्दै उहाँको निर्विवादित नैतिक चरित्र र अव्वल निर्णय क्षमताले आफुलाई प्रभावित गरेको बताउनुभयो ।

baglung3
विद्यार्थी कालमै पत्रकारीतामा रुचि राख्ने राजभण्डारीले २०४६ सालमा विज्ञान भित्ते पत्रिका प्रकाशन गर्नुभएको थियो । २०५५ सालमा बागलुङ्ग साप्ताहिकबाट आफ्नो पत्रकारिता यात्रा सुरु गर्नुभएका उहाँले २०६५ सालमा कार्यकारी सम्पादक भएर काम गर्नुभएको थियो । २०६९ सालमा ढोरपाटन राष्ट्रिय दैनिकको प्रवन्ध सम्पादक र २०७१ सालमा बागलुङ्गबाट प्रकाशन सुरु भएको निलगिरी सन्देश आर्थिक साप्ताहिकको सम्पादक बन्नुभएको थियो ।
उहाँले २०५६ सालमा धौलागिरीकै पहिलो दैनिक पत्रका न्युधौलागिरी दैनिकको कार्यकारी सम्पादकको जिम्मेवारीमा रहेर समेत काम गर्नुभएको थियो भने काठमाण्डौबाट प्रकाशन हुने समावेसी मासिक पत्रिकाको सहसम्पादकको रुपमा काम गर्नुभएको थियो । राजभण्डारी नेपाल पत्रकार महासंघ बागलुङ्ग साखाको साधारणसदस्य, २०६४ सालमा सचिव, २०६७ सालमा उपाध्यक्ष हुँदै २०७० सालदेखि अध्यक्ष रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य