2026-10-28 01:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० जनाको ज्यान गएको मुस्ताङ दुर्घटनाको कारण यस्तो छ

असार २४, बागलुङ | बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

टिपर चालककै मृत्यु भएपछि दुर्घटनाको सबै कारण खुल्न नसकेको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । दुर्घटनामा परी बेनी–जोमसोम–कोरला सडक खण्डमा कार्यरत २० मजदूरको मृत्यु भएको थियो भने १२ जना घाइते छन् । “टिपरले ३२ जना मजदूरसहित बालुवा पनि बोकेको पाइएको छ”, प्रनाउ खड्काले भन्नुभयो, “ओभरलोड र तीव्र गतिले दुर्घटनाग्रस्त भएको प्राररम्भिक अनुसन्धानले देखाएको छ ।” 

टिपर चालक धादिङका २३ वर्षीय सुजन घलानको दुर्घटनास्थलमै मृत्यु भएको थियो । एकातिर कच्ची सडक र अर्कातिर कम उमेरका चालकमा हुने अनुभवको कमीले पनि दुर्घटना निम्तिएको हुन सक्ने बताइएको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा पर्ने बेनी–कोरला सडक खण्डको निर्माणमा खटिएका रोल्पा, दाङ, कैलालीलगायत जिल्लाका मजदूरले दुर्घटनामा ज्यान गुमाएका छन् । 

सबैभन्दा बढी रोल्पाका नौ मजदूरको उक्त दुर्घटनामा ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश २० देखि ३० वर्षभित्रका छन् । सडक निर्माणको जिम्मा लिएको बिरुवा कन्सट्रक्सनमार्फत मजदूर कामका लागि मुस्ताङ पुगेका थिए । जाडो याम सकिएपछि मजदूरहरु गत फागुनपछि मुस्ताङ पुगेको जनाइएको छ । दुर्घटनामा घाइते १२ जनाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सबैको शव नेपाली सेनाको हेलिकप्टरमार्फत शनिबार पोखरा पुर्याई परिवारलाई जिम्मा लगाइएको छ । रोल्पा र दाङका शव सेनाको हेलिकप्टरबाटै लगिएको थियो । 

बा २ क २२१९ नं को टिपर अपराह्न सडकदेखि झण्डै ४० मिटर तल खसी दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाका घाइतेलाई नेपाली सेना र निजी कम्पनीको हेलिकप्टरबाट उपचारका लागि पोखरा लगिएको थियो । दुर्घटनास्थल सदरमुकाम जोमसोमदेखि ५० किमीको दूरीमा भएको हुँदा तत्काल उद्धार गरी घाइतेलाई अस्पताल पुर्याउन कठिनाइ उत्पन्न भएको थियो । पाँच गम्भीर घाइतेको उपचारका लागि पोखरा पठाउने तयारी हुँदाहुँदै दुर्घटनास्थलमै मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली