कमल पौडेल । कात्तिक १४, बागलुङ (खर्वाङ) । नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले एमालेको काँधमा जिम्मेवारी संगसंगै चुनौती र अवसर आएको वताउनु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटिको आयोजनामा खर्वाङ भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नयाँ संविधानले गणतन्त्रलाई संस्थागत गरेको भन्दै संविधानको प्रयोगवाट देशलाई सम्वृद्ध वनाउनु पर्ने वताउनु भएको छ । नेपालीले राजनैतिक अधिकार प्राप्त गरेको भन्दै अवको विषय आर्थिक सम्वृद्धिको रहेको वताउनु भएको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष श्रीप्रसाद शर्माले कार्यकर्ताहरुलाई संगठन निर्माणमा लाग्न निर्देशन दिनुभएको छ । त्यस्तै कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् पूर्व सदस्य प्रेम खरेल, नेकपा एमाले अञ्चल कमिटि सदस्य सुनिल शेरचन लगाएतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम जिल्ला कमिटि सचिवालय सदस्य विष्णु भुसालको अध्यक्षता, जिल्ला सल्लाहकार परिषद् सदस्य मेयरसिंह पाईजाको स्वागत मन्तव्य तथा नेकपा एमाले जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचनको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नौ गाविसका गाउँ कमिटिका पदाधिकारी तथा जनसंगठनका प्रमुख हरुको सहभागिता रहेको थियो ।