२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

इलाका प्रहरी कार्यालय बुर्तिबाङमार्फत विपत राहत कोषमा १ लाख ८५ हजार संकलन

२९ कार्तिक २०७२, आईतवार ०९:२८

सागर भण्डारी । कार्तिक २९, बागलुङ । इलाका प्रहरी कार्यालय बुर्तिबाङमार्फत बुर्तिबाङमा स्थापना गरिएको विपत राहत कोषमा १ लाख ८५ हजार रकम संकलन भएको छ ।

इलाका प्रहरी कार्यालयले गलत काम गरि आएकालाई कार्वाही गरेपछि कार्वाही हुने नागरिकले उक्त कोषमा रकम जम्मा गर्दै आएका छन् । विपतमा परेका नागरिकहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको राहत कोषमा एक वर्षको अवधिका उक्त रकम संकलन भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक युवराज चौधरीले बताउनुभएको छ ।

यसैबीच गत कार्तिक २६ गते राती बुर्तिबाङ बजारबाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउपरेका १३ जनाबाट बरामद गरिएको ८४ हजार ७ सय रुपैयाँ समेत आजै पक्राउ परेकाहरुले उक्त राहत कोषमा संकलन गरेका छन् । जुवा खेल्दै गर्दा पक्राउ परेकाहरुले अधिकतम ३१ हजार ४ सय १० देखि न्युनतम १ सय ५५ रुपैयाँसम्म जम्मा पारेको बताइएको छ ।

जुवाको खालमा भेटिएका १३ जनालाई आज स्थानीय राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी समाजसेवीहरुको आग्रहमा इलाका प्रहरी कार्यालयले छोडिएको छ । उनीहरुलाई अव त्यस्तो काममा आफूहरु संलग्न नहुने प्रतिवद्धता सहित कागज गरि छाडिएको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।

स्मरणीय छ जुवामा संलग्न भएकाहरुले आज इलाका प्रहरी कार्यालय बुर्तिबाङ परिसरमा रहेको भगवती मन्दिरमा अव दे्खि कहिल्यै जुवा तास नखेल्ने, मदिरा सेवन नगर्ने भन्दै पालै पालो लाईनमा लागेर माफी मागेका छन् । बुर्तिबाङ तथा यस आसपासमा अत्यधिक रुपमा मध्यपान गर्ने र सामाजिक शान्ति सुरक्षामा खलल पुग्ने काम बढदै गएपनि नेपाल सरकारको कानुनी दायराभित्र रहेर प्रहरीले यस्तो काम गर्ने गरेको प्रहरी कार्यालयले जनाएको छ । कही कतै जुवा खेलेको, मदिरा उत्पादन र बेचविखन गर्ने गरेको वा मदिरा सेवन गरि होहल्ला गर्ने गरेको पाइएमा इलाका प्रहरी कार्यालयकमा जानाकारी दिन समेत सर्वसाधारणलाई आग्रह गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य